दोषीलाई कारबाहीको माग सहित पत्रकार महासंघ दैलेखले जारी गर्यो बिज्ञप्ती

पत्रकार महासंघ दैलेखले जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडी प्रहरीको लाठी चार्जबाट सर्वसाधारण र पत्रकारहरु घाइते भएको  बिषयमा सम्बन्धित पक्ष गम्भिर हुन बिज्ञप्ती जारी गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालय अगाडी माधकपदार्थ सेवन गरि होहल्ला गरिरहेका युवकहरु बिच आपसी विवाद भई रहेको अवस्थामा स्थिती नियन्त्रण गर्न प्रहरीले सर्वसाधारण र पत्रकारहरुमाथि लाठी चार्ज गरेको हो।

मतगणना स्थलको सुरक्षामा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले मत परिणामको पखाईमा रहेका सर्वसाधारण र मत परिणामको समाचार संकलनका गर्न खटिएका पत्रकारहरु माथि लाठी चार्ज गरी गम्भिर घाइते बनाएका छन् ।

लाठी चार्जबाट दुई जना पत्रकार सहित नारायण नगरपालिका–७ की बर्ष ५३ कि डिलमाया शाही, बर्ष १४ का प्रेम नेपाली लगायत दर्जनौ सर्वसाधारण घाइते भएका छन्। लाठी चार्जबाट नेपाल पत्रकार महासंघ दैलेखका उपाध्यक्ष महेन्द्र सापकोटा र रेडियो नेपालमा कार्यरत भीमबहादुर सिजापति घाइते छन्।

त्यस्तै सुरक्षामा खटिएका सुरक्षा कर्मी नै उत्तेजनामा आई सर्वसाधारणको घरहरुमा ढुँगा प्राहर गर्ने लगायत सडकमा हिडिरहेका सर्ब साधारणहरुलाई सोधपुछ नै नगरी कुटपिट गरेका छन् ।

म रातिको १० बजे छोरा बिरामी भएर अस्पताल लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको मुलद्धार नजिक खटिएका प्रहरी निरीक्षक सहितको टोलीले मरणसन्न हुने गरी कुटपिट गर्यो”  एक घाइतेले सुशासन कर्मिलाई बताइन ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेश्वर प्रसाद शाहलाइ बुझ्दा “दुइ पक्ष झडप भएको अवस्थामा उक्त पक्षलाई भगाउन यस्तो भएको हो ।”

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *