राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण

जेठ १४, २०७९ – अमर सुनार
दैलेख – गुराँस गाउँपालिका ८ नं. वडा कार्यालयले जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह बस्तै आएका राउटेहरुलाई तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गुराँस गाउँपालिका – ८ का नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीको टोलीले  उक्त सुरक्षा भत्ता वितरण गरेको छ ।


फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्ष अघि गुराँस गाउँपालिका – ८  का स्थानीय नागरिकका रुपमा परिचयपत्र वितरण गरे यता संघीय सरकारले गुराँस गाउँपालिका ८ नं. वडा कार्यालय मार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।


हरेक २–३ महिनामा बस्ती सर्दै गर्ने क्रममा जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह पुगेका ४० परिवारका एक सय ४४ जनालाई माघ, फागुन र चैत समेत तीन महिनाको प्रतिव्यक्ति चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको गुराँस गाउँपालिका – ८ काे वडाध्यक्ष  ओली ले जानकारी दिनुभयो ।


कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा हरेक २–३ महिनामा बस्ती सर्दै गर्ने राउटे समुदाय धेरै जति दैलेखमा बस्ने गरेकोले संघीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका ८ नं. वडा कार्यालय मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।

 

 

 

Posted in Uncategorized

Notice: Undefined offset: 0 in /home/sushasan/public_html/wp-content/themes/public-news/single.php on line 33

Notice: Trying to get property 'term_id' of non-object in /home/sushasan/public_html/wp-content/themes/public-news/single.php on line 33

Leave a Reply

Your email address will not be published. Required fields are marked *