११ आश्विन २०७९, मंगलवार / Sep 27, 2022

प्रधानमन्त्रि देउवा र मेयर बालेन बिच भेटवार्ता

सुशासन खबर
१८ जेष्ठ २०७९, बुधबार २०:३७
130 Views

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भेटेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न मेयर शाह बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मेयर शाह बुधबार प्रधानमन्त्री निवास पुगेका हुन् ।

‘भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताउनुभएको छ,’ ।

देउवा र शाहबीचको भेटबारे परियारले भने, “महानगर प्रमु्ख शाहले आफू महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।”