७ चैत्र २०७९, मंगलवार / Mar 21, 2023

ज्यान मार्ने उद्योग कसरका अभियुक्तको हिरासतमा मृत्यु

सुशासन खबर
२७ जेष्ठ २०७९, शुक्रबार ११:१८
195 Views

२७ जेठ, विराटनगर

ज्यान मार्ने उद्योग अभियोगमा प्रहरी नियन्त्रणमा रहेका मोरङको केराबारी गाउँपालिका–२ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको मृत्यु भएको छ ।

आफ्नै पत्नी सकुन्तला ठकुरीलाई २०७८ साल माघ महिनामा आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा ठकुरी जेठ २५ गते घरबाटै पक्राउ परेकामा निजलाई अदालतमा उपस्थित गराउन बिहीबार सरकारी वकिल कार्यालय मोरङमा पेस गरेको  अवस्थामा बेहोस भएका ठकुरीलाई उपचारको लागि कोसी अस्पताल पुर्याए लगत्तै मृत्यु भएको हो ।

ज्यान मार्ने उद्योग मुद्दामा प्रतिवादी बनाइएका ठकुरीको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।

Latest समाचार