कानुन बिपरित शिक्षा इकाई प्रमुख बनेको खुलासा

नारायण नगर पालिकाको नगर शिक्षा इकाईमा कानुन बिपरित शिक्षा ईकाई प्रमुख बनाएको खुलेको छ । बिगत ४ बर्ष देखी सरस्वती माध्यमिकि बिद्यालयका शिक्षक हिमालयजंग शाहलाई शिक्षण गर्न नदिई नगर शिक्षा ईकाई प्रमुखको रुपमा कामकाज गर्न दिईएको छ ।

निज शिक्षक शिक्षा इकाई प्रमुखको रुपममा नारायण नगर पालिकामा कार्यरत रहे पनि हाजिरी पुस्तीकामा हाजिर नगरेको र सम्बन्धित बिद्यालयको हाजिर किताबमा समेत हाजिरी नै नगरी सरस्वती माध्यमिक बिद्यालय तरताङबाट तलब भत्ता बुझेको पाइन्छ ।

सट्टा शिक्षक राख्ने कुनै पनि प्राबधान नभए पनि नगर पालिकाले निज शिक्षकको सट्टामा शेर बहादुर बुढालाई शिक्षक बनाई कामकाजमा लगाएको र निजलाई सेवा सुबिधा नगर पालिकाबाट दिइएको पाइएकाे छ ।

शिक्षा ऐन अनुसार शिक्षा ईकाई प्रमुख प्राबिधिक कर्मचारी रहने ब्यबस्था भए पनि नगर शिक्षामा शिक्षकलाई इकाई प्रमुख बनाई बिभिन्न कागजातमा शिक्षा अधिकारीको रुपमा हस्ताक्षर गराउदै आएको छ ।

बिभिन्न सेवाहरुका फरक फरक काम कर्तब्य अधिकार हुने भयता पनि नारायण नगर पालिकाले शिक्षक सेवा आयोगबाट आएका शिक्षकलाई आफ्नो काम कर्तब्य अधिकार भन्दा फरक अधिकार प्रत्यायोजन गरेको पाईंएको छ । यस्तो गैह्रकानुनी कामकाज गर्न लगाउने अधिकारी तथा कामकाज गर्ने अधिकारी माथीनै प्रश्न उठेको छ ।

यसै बिषयमा शिक्षा समन्वय ईकाई कार्यालय दैलेखका प्रमुख तेज बहादुर थापालाई सोध्दा शिक्षक शाहको सेवा समुह र शिक्षा ईकाईमा कामकाज गर्ने शाखाको सेवा समुह नै फरक भएकोले शिक्षकलाई कर्मचारीको रुपमा कामकाज गर्न लगाइएको छ, उनले गरेको कामकारबाही माथी नै कानुनी प्रश्न रहेको छ, भनि सुशासन खबरलाई जानकारी दिएका छन ।

यस्तै सरस्वती मा.बि. तरताङका प्रधानाध्यपक जिबराज तिमिल्सेनालाई शिक्षक शाहले बिद्यालयमा अध्यापन गरि सेवा सुबिधा लिनु भएको हो ? भनि प्रश्न सोध्दा उनलाई नारायण नगर पालिकाले काजमा कार्यालयमा कामकाज गर्ने गरी बोलाएको हो र निजले बिद्यालयमा हाजिर नभए पनि यसै बिद्यालयबाटै तलब भत्ता खाएको बताए ।

यस्तै शिक्षक शाहले बिद्यालयमा अध्यापन नगराएको बिषयमा मिति २०७९।०२।२९ गते नेपाल राष्ट्रिय शिक्षक संगठन दैलेखको बिज्ञप्तीबाट पनि प्रष्ट भएको छ ।

यसै बिज्ञप्तीको बिषयमा संगठनको अध्यक्षलाइ सोध्दा शिक्षक शाहलाई बिद्यालयबाट श्रोत शिक्षकको रुपमा काजमा नगरले बोलाएको हो तपाईहरुले समचार संप्रेक्षण गर्दा एक पटक हामिलाई सोध्न पर्नेमा सो नगरी राजनैतिक प्रतिशोधका आधारमा समचार लेखिएको छ भनि जानकारी दिएकी छन् ।

 

Posted in Uncategorized

Notice: Undefined offset: 0 in /home/sushasan/public_html/wp-content/themes/public-news/single.php on line 33

Notice: Trying to get property 'term_id' of non-object in /home/sushasan/public_html/wp-content/themes/public-news/single.php on line 33

Leave a Reply

Your email address will not be published. Required fields are marked *