एमाले रुपन्देहीले वार्ड अध्यक्षलाई पोखरीमा धकेल्ने डिएसपी ठगलाई कारबाहीको माग

२ साउन, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडाध्यक्षलाई धकेली पौडी पोखरीमा फाल्ने प्रहरी अधिकारीलाई कारबाहीको माग राख्दै नेकपा एमाले रुपन्देहीले प्रमुख जिल्ला अधिकारी समक्ष कारबाही गर्न माग गरेको छ ।

श्रावण १ गते आइतबार नगरसभा स्थगित गरेको विरोधमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका थिए । त्यसै क्रममा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञावलीलाई घेरा हाली अभद्र ब्यबहार गरि रहेको अवस्थामा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले निज प्रशासकिय अधिकृतलाई उद्धार गर्ने क्रममा वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेल्दै मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

उक्त घटनाको भर्त्सना गर्दै नेकपा एमाले रुपन्देहीले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेको छ ।

सोमबार ज्ञापन पत्र लिएर जिल्लास्तरीय नेता र तिलोत्तमा नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

“शान्ति सुरक्षा दिने डीएसपीले अभद्र व्यवहार र ज्यादती गरेका छन्’, वडाध्यक्ष क्षेत्रीले सुशासनलाई भने, पौडी खेल्न जानेको र पोखरी पनि गहिरो नभएकोले बाँचियो, गहिरो र पौडी खेल्न नजानेको भए ज्यान पनि जाने थियो , जनताको जनधनको सुरक्षा गर्ने प्रहरी नै यसरी एक पक्षिय ढंगबाट परिचालित हुनु नराम्रो कुरा हो, डिएसपी केसीलाई कारबाही हुनु पर्छ ।”

यस बिषयमा रुपन्देही प्रहरी प्रमुख रबिन्द्र रेग्मीसँग बुझ्दा  “प्रमुख प्रशासकीय अधिकृतलाई उद्धार गर्ने क्रममा भिडलाई धकेली तितरबितर गराउदा वार्ड अध्यक्ष पोखरीको छेउ भएकाेले धकेलिन पुगी पोखरीमा खस्नु भएको हो अन्यथा कुनै प्रतिशोध नभएको –प्रहरी उपरीक्षक रेग्मीले सुशासन खबरलाई भने ।”

 

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *