११ आश्विन २०७९, मंगलवार / Sep 27, 2022

दैलेखका युवक हनि ट्रयापमा पारी अपहरण गर्ने ब्यक्ति पक्राउ

सुशासन खबर
१० श्रावण २०७९, मंगलवार २१:४१
592 Views

दाङ । दैलेखका युवकलाई हनि ट्र्यापमा पारी ब्यक्ति अपहरण पछि फिरौती माग्ने समूह मंगलबार दाङमा पक्राउ परेको छ।

अपहरणका मुख्य योजनाकार बबई गाउँपालिका ४ का ३५ वर्षीय लिला बिक र ३५ वर्षीय नेवबहादुर घर्ती पक्राउ परेको प्रहरीले जनाएको छ । बिक नेकपा एमाले युथ फोर्स र घर्ती नेकपा माओवादी केन्द्रको वाइसियलका नेता हुन्।

त्यसै गरी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले “व्यक्ति अपहरण तथा फिरौती माग्ने कार्यमा संलग्न दाङको तुलसीपुर उपमहानगरपालिका ४ खाद्रेका २५ वर्षीय शुकलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका ९ का २० वर्षीय मनोज थारु, प्युठानको गौमुखी गाउँपालिका ७ घर भई हाल दाङको तुलसीपुर–६ बस्ने गाडि चालक जनक कुँवर रहेका छन् भने अपहरणमा प्रयोग भएको गाडि समेत प्रहरीको नियन्त्रणमा रहेको” सुशासनखबरलाई जानकारी दिएका छन् ।

 

निर्मलालाई भेट्न केशवकुमार बुटवल पुगे। बुटवलमा उनीहरू दुईको भेट भयो। केटीले आफूसँग गाडी रहेको हुँदा तुलसीपुर हुँदै जाजरकोट जान सजिलो हुन्छ भनेर फकाइन् र र केशबलाई लगतै रानी ९ बजे कुटपिट गरी गाडिमा शारिरिक बन्धक बनाई राखियो । अपहरण पछी उक्त समुहले केशबलाई तुल्सीपुर स्थित युबम् होटलमा पुर्‍याए र बन्धक बनाई सात लाख फिरौती माग गरेका थिए ।

दैलेखमा रहेकी केशवकी श्रीमतीलाई सात लाख नदिए जे पनि हुन सक्ने भनि जानकारी प्राप्त भए पछी इप्रका तुलसीपुरमा मंगलबार दिउँसो साढे ४ बजे श्रीमान अपहरणमा परेकोले उद्धार गरि दिन अनुरोध गरिन ।

सूचना पाउनासाथ डिएसपी श्यामु अर्यालको कमाण्डमा १५ जनाको टोली घटनास्थल पुग्यो। तत्काल केशवलाई उद्धार गर्‍यो। घटनास्थलबाट ४ः५० बजे अपहरण कार्यमा संलग्न व्यक्ति मध्ये दुई जनालाई नियन्त्रणमा लियो। उनीहरूको बयानका आधारमा मुख्य योजनाकार भनिएका लिला बिक र नेवबहादुर घर्ती पनि पक्राउ परे। फोन गरी भेट्न बोलाउने तुलसीपुर–७ स्थित घर नजिकैबाट निर्मला पनि पक्राउ परिन्।

डिएसपी अर्यालका अनुसार अपहरित बिक साउदी अरबमा काम गर्दै आएका व्यक्ति हुन्। आरोपित मध्येका मनोज थारु र सुकलाल बिकपनि बिकसँगै साउदीमा काम गर्थे भन्ने बुझिएको छ ।