११ आश्विन २०७९, मंगलवार / Sep 27, 2022

बलात्कार आरोप लगाउने रोशनी शाही पक्राउ परिन

सुशासन खबर
१० श्रावण २०७९, मंगलवार १५:०१
249 Views

पशुपतिनाथ क्षेत्रमा सातादेखि ‘अतिरुद्र महायज्ञ’ मा जुटिरहेका बलात्कार आरोपी सिद्धबाबा को नामले चिनिने  कृष्ण गिरी विरुद्ध नाराबाजी गरेपछि रोशनी शाही पक्राउ परेकी छन्।

तत्कालीन सभामुख कृष्णबहादुर महरा विरुद्ध बलात्कार आरोप लगाएकी शाही मंगलबार पशुपतिनाथ परिसरमा पुगेर सिद्धबाबा विरुद्ध नाराबाजी गरेकी हुन्।

आफ्नै अनुयायीलाई बलात्कार आरोप लागेर हाल अदालतमा मुद्दा प्रक्रियामा रहेका सिद्धबाबालाई रोशनीले ‘बलात्कारी’ भन्दै विरोध जनाएकी थिइन्।

प्रहरीले उनलाई तत्कालै पशुपति परिसरबाट पक्राउ गरेको हो। उनलाई अहिले महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ।

कान्तीपथ