११ आश्विन २०७९, मंगलवार / Sep 27, 2022

संघ र प्रदेश सभाको निर्बाचन मंसिर ४ मा गर्ने मन्त्रिपरिषद्को निर्णय

सुशासन खबर
१९ श्रावण २०७९, बिहीबार १४:१६
54 Views

काठमाडौं। सरकारले मंसिर ४ गते संघीय र प्रदेशसभाको निर्वाचन एकै पटक गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मंसिर ४ गते निर्वाचन गर्ने गरी मिति घोषणा गरेको छ। सरकारले एकै चरणमा सम्पन्न गर्ने निर्वाचनको मिति घोषणा गरेको एक मन्त्रीले जानकारी दिए।

बुधबार बसेको सत्ता गठबन्धनको बैठकले ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्ने सहमति गरेको थियो। निर्वाचन आयोगले २ मंसिरमा निर्वाचन गर्न सरकालाई सिफारिस गरेको थियो।