११ आश्विन २०७९, मंगलवार / Sep 27, 2022

नागरिक्तामा नाम सच्याउन प्रक्रिया सहित आउन भनिएको हो ः प्रजिअ प्याकुरेल

सुशासन खबर
१ भाद्र २०७९, बुधबार १२:३४
215 Views

प्रतिनिधी सभा बैठकमा सांसद लक्ष्मी परियारले दैलेख भगवतीमाई ५ बस्ने ठगे कामीलाई आफ्नो नाम सच्चाउन जादा सिडियो हरि प्याकुरेलले जातिय बिभेदलाई प्रश्रय हुने गरी अपमान जनक ब्यबहार गरेको संसदमा कारबाहीको माग गरेकि थिइन ।

सोही बिषयलाई लिएर सिडियो प्याकुरेलले पत्रकार सम्मेलन गरेका थिए । सम्मेलनमा  “ठगे कामीले आफुले प्राप्त गरेको नेपाली नागरिक्ताको प्रमाण पत्रमा उल्लेखित नाम ठगे कामी रहेको र उक्त नाम संशोधन गरी कर्ण बहादुर कामीको नामबाट नागरिक्ता जारी गरी पाउ भनि मौखिक माग भएकोमा निजले पेश गरेको लिखित निबेदन तथा संलग्न कागजातहरुमा कर्ण बहादुर कामी भनि पेश भएकोमा उक्त कागजात नमिलेकोले पुन सच्याई ल्याउनु पर्ने भनि सम्झाई बुझाई गरेको हो । यस बिषयमा कुनै जातिय भेदभाब झल्कने खालको गतिबिधि नभएले यस बिषयमा सत्यता नभएको जानकारी दिएका छन् ।”

अपमानजनक शब्द राखी जारी भएको नेपाली नागरिक्ताहरुका बिषयमा प्रकाशित समचार, सुचना तथा जानकारीका आधारमा मिति २०७९ श्रावण २३ गते गृह मन्त्रालयले जारी गरेको परिपत्रका आधारमा यस जिल्लाले अपमानजनक नाम राखी जारी भएका नागरिक्ताको प्रमाणपत्रमा नाम सच्याउनको लागि आबश्यक प्रक्रिया पु¥याई आउने सम्बन्धको सुचना समेत प्रकाशित भएको छ । “यदी जातिय बिभेदलाई पश्रय दिने भए अपमानजनक नाम सच्याउन आउनु भनि किन सुचना प्रकाशित गरिन्थ्यो ? संसदमा उठेको बिषयमा मेरो कुनै सत्यता नभएको सिडियो प्याकुरेले सम्मेलनमा बताए” ।

नागरिक्ता ऐन २०६३ को दफा १७ मा बिवरण सच्याउने सम्बन्धमा “कुनै पनि ब्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेखित नामथर वा उमेरशैक्तिक योग्यताको प्रमाणपत्रमा फरक पर्न गई वा नागरिक्ताको प्रमाण पत्रमा साना तिना त्रुटि भई सो बिवरण सच्याउन चाहेमा आबश्यक प्रमाण सहित तोकिएको अधिकारी समक्ष निबेदन दिनु पर्ने ब्यबस्था रहेको छ ”।

यसै दफाको स्पष्टिकरणमा “त्रुटि” भन्नाले नागरिक्ताको बिवरणमा तात्विक अन्तर नपर्ने जस्तै “कुमारी”, “देबी”,“बहादुर”, “प्रसाद” जस्ता शब्द बढि राखिएको वा छुटेको वा आकार, इकारमा फरक परेका वा यस्तै साना तिना त्रुटिलाई जनाउ छ ।

कानुनमा भएको ब्यबस्था अनुसार नाम सच्याउनको लागि कानुन निर्माण गर्नु पर्ने भएकोले मिल्दो जुल्दो नाममा सच्याउन मिल्ने भएकोले अर्को निबेदन ल्याउन आग्रह गरेकोमा यसलाई गलत अर्थ लगाइयो । निबेदकको साथमा सोही पालिकाका जगत रेग्मी समेत आएको हुँदा अममान जानक गतिबिधी गरे नगरेको बिषयमा उनिबाट पनि बुझ्न सकिन्छ भनि थप जवाफ दिएका थिए ।

सोहि बिषयमा निबेदकको साथमा आएका जनक प्रसाद रेग्मीसँग बुझ्दा म आफै पनि प्रशासनमा गएको थिएँ, सिडिओ साब र नाम सच्याउन आएका व्यक्ति बीच निबेदनको ढाँचा नमिलेको र ढाँचा सच्याई आउन र “ठ” बाट आउने कुनै अर्को नाम राख्ने सहमति भए पछि निबेदक घर फर्केका हुन, सिडियो साबले जातिय बिभेदलाई पश्रय हुने गरी कुनै अभिब्यक्ति दिए जस्तो लागेन यो कसरी संसदमा पुग्यो जानकारी भएन ।

सोहि बिषयमा पिडित ढगे कामीसँग बुझ्दा  “सिडियो साबले बिभेद हुने गरि प्रस्तुत नभएको र निबेदन अर्को बनाई ल्याउनको लागि पेश भएको निबेदन मेरो सहमतिमै काटिएको हो, यसरी यस बिषयलाई लिई किन र कसरी टिकाटिप्पणी भयो अचम्ममा परेको छु” पिडित कर्ण भन्ने ठगे कामीले सुशासन सम्बाददातालाई बताए।

याे पनि हेर्नु हाेस