११ आश्विन २०७९, मंगलवार / Sep 27, 2022

निहारिकालाई भेट्न गए कानुन मन्त्रि बन्दि शिक्षण अस्पताल

सुशासन खबर
१ भाद्र २०७९, बुधबार २१:५६
70 Views

बलत्कार पिडित निहारिकालाई भेट्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दि महान्यायधिबक्ता सहित त्रि.बि. शिक्षण अस्पताल महाराजगंज पगेका छन् ।

अनसनरत निहारिका राजपुतसँग बार्ताका लागि मन्त्रि बन्दि बुधबार अपराह्न्न शिक्षण अस्पताल पुगेका हुन । निहारिकाको आजै अनसन तोडाउने गरी बार्ता गर्न पुगका थिए । निहारिकाले दोषी उपर कारबाही र बच्चाको डिएनए टेष्ट गर्नु पर्ने माग सहित अनसन बसेकि थिइन ।

निहारिकाले प्रतिबादी बनाईएका शिबराज श्रेष्ठ मंगलबार धनुषाबाट प्रक्राउ परि सकेको र डिएनए टेष्टको लागि प्रतिबादी समेत तयार भएकोले अनसन तोड्नु पर्ने सहमति सहित पुगेका थिए । निहारिकाले आफुसँग सरकारले गरेको सहमतिको कार्यन्वयन नभएकोले राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास समेत गरेकि थिईन ।