११ आश्विन २०७९, मंगलवार / Sep 27, 2022

लायन्स क्लब अफ दैलेखले गर्यो शैक्षिक सामाग्री सहयोग

सुशासन खबर
१६ भाद्र २०७९, बिहीबार २१:४२
79 Views

दैलेख –लायन्स क्लब अफ दैलेखले गुरुकुल शिक्षा लिने बिद्यार्थीहरुलाई शैक्षिक समाग्री तथा खाद्यान्न सामग्री वितरण गरेको छ । दैलेख नारायण नगरपालिका वडा नं ७किमुगाँउमा रहेको बसन्तमाला बेद बुद्धाश्रम धार्मिक बिद्यालयमा ऋषिपञ्चमीको अवसर पारेर खाद्यन्न तथा शैक्षिक सामाग्री बितरण गरिएको छ ।

सामाजिक कार्यमा सधै अगागि रहेको दैलेख लायन्स क्लबले बिभिन्न समयमा दैलेखमा सामाजिक कार्य गर्दै आईरहेको छ । कोभिड १९ को महामारीमा पैदल यात्रीहरु तथा अन्य जिल्लाबाट यस जिल्लामा आएका यात्रीहरुलाई खाना तथा खाजा खुवाउनुको साथै बृक्षारोपणका काम समेत गर्दै आएको छ ।

“सामाजिक कार्य गर्ने शिलशिलामा आज धार्मिक शिक्षा लिने बालबालिकालाई शैक्षिक गुणस्तरमा टेवा पुग्ने गरी शैक्षिक सामाग्री तथा खाद्यान्न सहयोग गरेको” क्लबका अध्यक्ष तिर्थराज जिसीले सुशासन खबरलाई जानकारी दिएका थिए । उनले भने क्लबले शैक्षिक सामाग्री ,कापि ,कलम फोटोकपि पेपर ,मार्कर ,खाद्यन्न समाग्री चामल, दाल, तेल लगायत खाद्यन्न,वितरण गरिएको हो ।