११ आश्विन २०७९, मंगलवार / Sep 27, 2022

पत्रकार अबिशेष भए राष्ट्रपतीबाट बिभुषित

सुशासन खबर
३ आश्विन २०७९, सोमबार ११:५४
51 Views

दैलेखः संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा प्रदान गरिने नेपाल सेवा प्रवीण पदकबाट बिभुषित बहु प्रतिभाशाली नेपाल सेवा प्रवीण पदकबाट दैलेखका पत्रकार अभिषेक अनुराग बिभुषित भएका छन् ।

अनुरागले दैलेखमा रहि आफ्नो कलाकारिता र पत्रकारिताको माध्यमबाट बिभिन्न धर्म,संस्कृती तथा परम्पराको प्रचार प्रसार गरी देश तथा अन्तराष्ट्रिय स्तरमा दैलेखलाई चिनाएका थिए । मुल्याङ्कन गरी राज्यले पदकबाट बिभुषण गरेको छ ।

“बिभिन्न संस्कृती तथा संस्कारको ज्ञानका भण्डार अनुरागलाई संबिधान दिवसको अवसरमा प्रदान गरेको पदकले झन नेपालको सेवा र पहिचान बिश्वभरी गर्ने प्रेरणा समेत दिन सक्छ” समाजसेवी तिर्थनारायण श्रेष्ठले सुशासनलाई बताए ।

सरकारले संबिधान दिवसको अवसरमा देश भरीका बिभिन्न क्षेत्रमा योगदान पुर्याउदै र पर्याएका ब्यक्तिहरुलाई विभिन्‍न पदकद्वारा विभूषित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन विभिन्न क्षेत्रका ९९८ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा बिभुषित गरेकिछिन् ।

सोही क्रममा दैलेखका बहु प्रतिभाशाली,समाजसेबी,पत्रकार, संगितकार अभिषेक अनुरागलाई पनि नेपाल सेवा प्रबिण पदकबाट बिभुषित गरेकि छिन् । भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट पदक तथा बिभिन्न मान पदबीको लागि राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपतिले प्रत्येक बर्ष संबिधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम उपाधि,पदक र सम्मान दिने गरिएको छ । सोहि बमोजिम यस बर्ष पनि संबिधान दिवसको अवसरमा संबिधानको धारा २७७ बमोजिम मन्त्रिपरिषद्बाट सिफारिस भएका ९९८ जनालाई उपाधि,पदक र सम्मान बितरण गरिएको हो ।