रेडियो मातृभूमि एफ एम ९६थोप्लो ५ मेघाहर्जको बिधिबत उद्घाटन

दैलेख । मातृभुमी संचार केन्द्र नेपालद्धारा संचालित रेडियो मातृभुमी एफ एम ९६ थोप्लो ५ मेगाहर्जको रेडियो उद्याटन भएको छ ।
संबिधान दिवस २०७९ को अवसर पारी रेडियो मातृभुमी उद्याटन भएको छ ।

माननिय जिल्ला न्यायधिस बलराम लम्सालको प्रमुख अतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल  र नारायण नगर प्रमुख लोमन प्रसाद सर्माको बिशेष अतिथ्यतामा जिल्ला स्थित सम्पुर्ण राजनैतिक दलका प्रतिनिधी, सरकारी कार्यालयका कार्यालय प्रमुख, बिभिन्न संघसँस्थाका प्रमुख तथा प्रतिनिधी लगायत बिभिन्न ब्यक्तिहरुको उपस्थितीमा भब्य उद्याटन भएको थियो ।

उक्त कार्याक्रमको अध्यक्षता भने रेडियो पत्रकारीतामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भई सातौ संबिधान दिवसको अवसरमा राष्ट्रबाट प्रदान गरिने नेपाल सेवा प्रबिण पदक बाट बिभुषित अभिशेष अनुरागले गरेका थिए । उक्त कार्यक्रममा बिभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्नेहरुले प्रतिनिधीमुलक शुभकामना मन्तब्य दिएको थिए ।

शुभकामना मन्तव्य दिने क्रममा प्रमुख जिल्ला अधिकारी प्याकुरेले “रेडियो मातृभुमी एफ एम दुइ जना श्रमजिवी पत्रकाहरुले आफ्नो गास कटाएर बचाएको सिमित रकमबाट स्थापना गरेको रेडियो भएकोले यो रेडियो संचार उद्यमीले स्थापना गरेको रेडियो भन्दा अझ प्रभाबकारी ढंगबाट संचालन हुने र रेडियो निश्पक्ष तथा स्वतन्त्र ढंगबाट दबिएका आवजहरुलाई उजागर गर्ने र राज्य र जनता बिचको बिचार आदान प्रदान गर्ने माध्यम बन्ने कुरामा बिश्वस्त रहेको” बताए ।”

त्यस्तै माननिय जिल्ला न्याधिस लम्सालले रेडियोले “संबिधानले प्रदत्त गरेको मौलिक हकको प्रयोग भरपुर ढंगबाट गर्ने र संबिधानले प्रदत्त गरेको मौलिक हकको बारेमा आम नागरिकहरुलाई सुसुचित गर्नमा मद्दत गर्ने हुँदा रेडियो अन्य संचार माध्यम भन्दा प्रभाकारी रहेको” बताए ।”

उद्याटन समारोहमा रेडियोको निर्देशक भिम सिजापतीले “आफुले जानेको ज्ञान सिपको भर पुर प्रयोग गरी अनियमितता, भ्रष्टचार, लगायत समाजिक कुरितीको बिरोध गर्ने र राम्रा कामको प्रसंसामा कुनै कन्जुस्याई नगर्ने भएकोले रेडियो निश्पक्ष र स्वतन्त्र ढंगबाट संचालन हुने कुरामा बिश्वास दिएका थिए ।” 

अन्तमा कार्यक्रमको अध्यक्ष अनुरागले “नेपाल जस्तो विकासोन्मुख देश त्यसमाथि पनि कर्णाली जस्तो पछौटेपन, गरिवी, अशिक्षा, कुरीति, कुसंस्कार, अनियमितता लगाएतका विविध विषयका विरुद्धमा छापा माध्याम र डिजिटल छापा माध्यामवाट आवाज उठाउँदै गर्दा कर्णालीका दुरदराजका वस्तीमा पत्रिका र डिजिटल पत्रिकाको पहुँच नहुने हुदा भौगोलिक दृष्टिकोणले पछाडी परेका र छापा र अनलाइन पतृकाको पहुच नभएका नागरिकलाई सुसूचित पार्ने उद्देश्यले रेडियो मातृभूमी एफ.एम. ९६.५ मेगाहर्ज दैलेखको स्थापना गरिएको  वताए ।”

Posted in Uncategorized

Notice: Undefined offset: 0 in /home/sushasan/public_html/wp-content/themes/public-news/single.php on line 33

Notice: Trying to get property 'term_id' of non-object in /home/sushasan/public_html/wp-content/themes/public-news/single.php on line 33

Leave a Reply

Your email address will not be published. Required fields are marked *