१२ मंसिर २०७९, सोमबार / Nov 28, 2022

चितवन एमलेले आफ्नो उम्मेद्धारी फिर्ता गरि काँग्रेसलाई समर्थन

सुशासन खबर
२६ आश्विन २०७९, बुधबार १८:१९
70 Views

चितवन, २६ असोज । प्रतिनिधिसभाको निर्वाचनकालागि उम्मेदवारी दिएका एमालेका रामप्रसाद न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी फिर्ता गर्न पत्र पठाएपछि चितवन ३ का उम्मेदवार न्यौपानेकोको नाम उम्मेदवारी सूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ ।

एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । चितवन ३ मा माओवादी केन्द्रको तर्फबाट भोजराज अधिकारी उम्मेदवार बनेका छन् ।

उनी सत्ता गठबन्धनका उम्मेद्धार हुन । गठबन्दनका बिरुद्ध स्वतन्त्र उम्मेद्धारी दिएका नेपाली काँग्रेसका नेता कोइरालालाई समर्थन गर्नका लागि केपी वलीले निर्वाचन आयोगमा पत्र पठाएका थिए । उक्त पत्रको आधारमा उम्मेद्धारी फिर्ता गरिएको हो ।

Latest समाचार