भेरी नदिको पुल बनाउने जिम्मा पाएको ठेकेदार कम्पनीसँग ठेक्का तोडियो

भेरी नदिमाथिको पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीलाई योजना कार्यालयले छिटो निर्माण गर्नको लागि २०७३ सालदेखि पटक पटक पत्रचार गर्दासमेत पुलको प्रगती नदेखिए पछि ठेक्का तोडिएको जनाइएको छ।

पुल समयमा नबन्दा पुष्पलाल (मध्यपहाडी) राजमार्ग हुँदै रुकुमपश्चिम जान सल्लीबजार जानुपर्ने बाध्यता रहेकोछ। पुल निर्माण नहुँदा राष्ट्रिय गौरबको आयोजना मध्यपहाडि राजमार्ग नियमित सुचारु हुन नसक्नुको साथै भेरी नदि आसपासको बस्तीहरुको विकासमा समेत अबरोध खडा भएको स्थानीयहरु बताउँछन्।

राजमार्ग योजना कार्यालय दैलेखले पुल बनाउन बारम्बार पत्राचारदेखि राष्ट्रिय पत्रिकामा समेत सूचना निकाल्द ठेकेदार कम्पनीले बेवास्था गरेका कारण ठेक्का सम्झौता तोडेको जनाइएको छ।

योजना कार्यालयले २०६९ असार २९ गते वाईपि कन्ट्रक्सन प्राली ललितपुरसँग भ्याटसहित १४ करोड ८४ लाख २७ हजार ८ सय ८९ रुपैयाँ ५० पैसामा सम्झौता गरेको थियो। २०७३ चैत्र १० गतेसम्म १८ प्रतिशत काम गरेर २ करोड ७० भुक्तानी समेत लिइसकेको छ। २०७३ साल चैत्र १० गते पछि काम नहुँदा भुक्तानी रोकिएको थियो। हालसम्म उक्त प्रोजेक्टमा २५ प्रतिशत मात्र काम भएको छ।

“ठेक्का सम्झौता तोडिएसँगै नयाँ ठेक्काको प्रकृया अगाडी बढाइएको ” राजमार्ग योजना कार्यालय दैलेखका प्रमुख डिइ युबराज पोख्रेलले सुशासनखबरलाई जानकारी दिएका छन् ।

“काम गर्नका लागि योजना कार्यालयले पटक पटक पत्राचार र पत्रिकामा किन ठेक्का नतोड्ने भनेर सूचना निकाल्नेदेखि काम नगर्नुको कारणसहितको स्पष्टिकरण माग गर्दासमेत ठेकेदार कम्पनि  सम्पर्कमा नआएकोले ठेक्का तोड्न बाध्य भएका हौ” ।

“उक्त कम्पनीले यस आयोजनाबाट पेश्की बापत २ करोड ६१ लाख प्राप्त गरेकोमा उक्त पेश्की रकम र उक्त पेश्की प्राप्त गरेको समय देखी हाल सम्म रकम चलाए बापत सरकारी ब्याज दर १० प्रतिशतले हुन आउने रकम योजना कार्यालयमा जम्मा गर्न पत्रचार गर्नुको साथै कार्य सम्पादन जमानत बापत पेश गरेको ७४ लाख २२ हजार रकम समेत बैंक बाट जफत गरिएको छ”, आयोजना प्रमुख पोख्रेलले बताए । अन्य कानुन बमोजिम प्रक्रियामा रहेको समेत जनाए ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *