१० चैत्र २०७९, शुक्रबार / Mar 24, 2023

काठमाण्डौका मेयर शाह इन्डानेसिया भ्रमणमा

सुशासन खबर
२१ पुष २०७९, बिहीबार १२:२५
11 Views

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह इन्डोनेसियाको विदेश भ्रमणमा गएका छन् । उनी आफ्ना परिवारका सदस्यहरु लगायत निकटस्थसँगै निजी भ्रमणका सिलसिलामा गएका हुन् । मेयरमा निर्वाचित भएपछि यो नै उनको पहिलो विदेश भ्रमण भएको जनाइएको छ ।

बालेनको सचिवालयका अनुसार उनी २५ पुसमा नेपाल फर्किनेछन् । भ्रमण व्यक्तिगत रहेकाले कुनै सरकारी भेटवार्ता र कामकाज नहुने सचिवालयको भनाइ छ ।

Latest समाचार