८ चैत्र २०७९, बुधबार / Mar 22, 2023

हरिवन नगरपालिका-७ मा फेरि मतगणना गर्न उच्चकाे आदेश

सुशासन खबर
२२ पुष २०७९, शुक्रबार २०:२१
14 Views

सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ मा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनालाई रद्द गरी माघ २० गतेभित्र पुनः मतगणना गर्न अदालतले आदेश दिएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए।

शुक्रबार न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले सो आदेश दिएको हो।

‘गन्नुपर्ने मत गनिएन, सदर गर्नुपर्ने मत बदर गरियो भन्ने कुरा उठ्यो। मतान्तर पनि एक मतको मात्र देखिएपछि बेन्च कन्भिन्स भएर पुनः मतगणनाको आदेश दिइएको हो,’रजिष्ट्रार अधिकारीले भने।

थापाले मतगणनामा धाँधली गरिएको भन्दै तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको माग गर्दै रिट दायर गरेका थिए। रजिष्ट्रार अधिकारीका अनुसार मतपत्र अदालतमै झिकाएर पुनः गणना गरिनेछ।

Resource Of Setopati.com

Latest समाचार