मन्त्रिको अनिवार्य उपस्थितीमा रास्वपाको केन्द्रिय समितिको बैठक हुँदै

१९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज अपरान्ह साढे ४ बजे बस्ने भएको छ । केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा बस्ने प्रबक्ता मुकुल ढकालले बताए ।

उक्त बैठकमा स्वतन्त्र पार्टिबाट सरकारमा सहभागि भएका मन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ । पार्टि सभापति रबि लामिछानेको नागरिक्ता नागरिक्ता बिवादका कारण हाम्रो पार्टिले उपप्रधानमन्त्रि तथा गृह मन्त्रि पद गुमाए पनि उक्त मन्त्रालय आफुहरुले पाउनु पर्ने बताएका छन् ।

तर प्रधानमन्त्रि पुष्पकमल दाहलले नागरिक्ता प्रकरणको बिषयमा सर्बोच्च अदालतबाट रबि जिको फैसलाको पुर्ण पाठ नआइ सकेको हुँदा गृह मन्त्रि लामिछानेलाई बनाउन नसकिने सन्देश दिएका छन् ।

उता रास्वपाले सरकार निर्माणका क्रममा भएको सहमति अनुसार गृह मन्त्रालय आफूहरुलाई दिनुपर्ने अडान राखेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनीसमेत रास्वपाले दिएको छ ।

गृह मन्त्रालयमा रविबाहेक पार्टीकै अर्को व्यक्ति पठाउनुपर्ने आवाज पनि रास्वपा भित्र झिनो रुपमा उठेको छ । बिहीबारको बैठकमा यी सबै विषयमा छलफल हुने रास्वपाका एक नेताले जानकारी दिए ।

Posted in Uncategorized

Notice: Undefined offset: 0 in /home/sushasan/public_html/wp-content/themes/public-news/single.php on line 33

Notice: Trying to get property 'term_id' of non-object in /home/sushasan/public_html/wp-content/themes/public-news/single.php on line 33

Leave a Reply

Your email address will not be published. Required fields are marked *