६ चैत्र २०७९, सोमबार / Mar 20, 2023

सुदुरपश्चिम प्रदेश मुख्य मन्त्रि रावलले पाएनन् बिश्वासको मत

सुशासन खबर
२६ माघ २०७९, बिहीबार १९:२६
8 Views

२६ माघ, काठमाण्डौ । सत्ता गठबन्धनका सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले नेपालको संबिधानको धारा १६८ को उपधारा ४ बमोजिम बिश्वासको मत प्राप्त नभए पछि मुख्यमन्त्री रावलले प्रदेश प्रमुख समक्ष राजीनामा गरेका छन् ।

उनले आजै प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाएका हुन् । पुष २७ मा नागरिक उन्मुक्ति पार्टिको समर्थनमा रावल मुख्यमन्त्रिमा नियुक्त भएका थिए ।

 

नियुक्त भएको ३० दिन भित्र नेपालको संबिधानको धारा १६८ को उपधारा २ र ३ बमोजिम नियुक्त भएको मुख्यमन्त्रिले बिश्वासको मत लिदा अस्वीकृत भएमा स्वत पद मुक्त हुने ब्यबस्था अनुरुप मुख्यमन्त्रि पद मुक्त भएका छन् ।

सत्ता गठबन्धनमा सहभागि नाउपाले लगातार उठाउदै आएको माग सरकारले कुनै सुनवाई नै नगरेकोले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ । संबिधान अनुरुप नया मुख्य मन्त्रि नियुक्तिको लागि प्रदेश प्रमुख जोशीले परामर्श गर्ने बताएका छन् ।

Latest समाचार