एक हप्ते रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता

दैलेख – जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख केशवबहादुर शाहीले आमसञ्चार माध्यमहरुले सामाजिक न्यायको लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । रेडियो मातृभूमिले आयोजना गरेको एक हप्ते रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिमको उद्घाटन कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

‘रेडियो मातृभूमिले एक वर्ष अवधिमा आवाज विहीनहरुको आवाज बनेको र सूचना तथा सञ्चारमा रचनात्मक भूमिका खेलेको छ । रेडियोले आगामी दिनमा अझैं धेरै प्रगति गर्दै जाओस्’ उपप्रमुख शाहीले रेडियोलाई शुभकामना दिनुभयो ।

रेडियो मातृभूमिले एक वर्ष पूरा गरेको अवसरमा आयोजना गरिएको एक हप्ते रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिममा ९ महिला सहित २२ जना प्रशिक्षार्थीहरुको सहभागिता छ । तालिममा पत्रकारिता सम्वन्धी आधारभूत सैद्धान्तिक ज्ञानसंगै प्रयोगात्मक अभ्यास गराइने प्रमुख प्रशिक्षक अमर सुनारले बताउनुभयो ।

यसैगरी रेडियो मातृभूमिको वार्षिकोत्सवको साप्ताहिक कार्यक्रम अनुसार पहिलो दिन दैलेख अस्पतालका ४१ जना विरामीलाई फलफूल वितरण गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबिन रिजाल, दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मी, दैलेख उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेश हमाल समेतको उपस्थिति फलफूल वितरण गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *