नेपाली सेना छोडी रुसी सेना भएको ३ महिनामा मृत्यु

नेपालबाट रुसमा जानको लागि नत श्रम स्वीकृत छ नत अध्ययनका लागि कानुनी बाटोछ तर पनि बिभिन्न गैह्रकानुनी बाटो प्रयोग गदै नेपालीहरु रुसमा गएका छन् ।

रुसका लागि उनिहरु कुनै पर्यटक हुन नत अन्य कुनै ब्यबसायी हुन । उनिहरु युक्रेनको बिरुद्ध रुसी सेना बन्नका लागि गएको सामाजिक संजाल मार्फत जानकारी पाइएको छ ।

यस्तै रुसी सेनामा भर्नि हुने मध्येका एक हुन स्यांङजा जिल्ला वालिङ १४ घर भएका हरि अर्याल । जसले काठमाडौंबाट बैदेशिक यात्रामा हिडेको उडेको ५ दिनमै हरिले रुसी सेनाको पोशाकमा सेल्फी लिएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

जहाँ उनले लेखेका थिए, ‘जसले रिक्स लिन्छ, त्यो अगाडि बढ्छ ।’ उनले अन्तिम पटक ४ अक्टोबरमा रुसी सेनाको पोशाकमा हतियारसहित गाडीमा हिँडिरहेको भिडियो पोस्ट गर्दै सामाजिक सञ्जालमा लेखेका थिए, ‘यस्तै छ जिन्दगी । बाँचे भेट, मरे त यत्तिकै ।’

त्यसपछि भोलिपल्टसम्म घर परिवारमा सम्पर्क गरेका उनी त्यसपछि एकाएक सम्पर्कविहीन बने । त्यसको केही दिनपछि उनी युद्धमा मारिएको उनका साथीहरुले सुनाएका थिए, तर कुनै आधिकारिक सूचना परिवारले पाएको थिएन । मंगलबार काउन्सिलर विभागले औपचारिक जानकारी जानकारी गराएको छ ।

उनि नेपाली सेनामा कार्यरत रहको र रुसी सेनामा जादा कुनै खबरै नगरि गएका थिए । जब उनि रुसमा पुगे अनिमात्र रुसी सेनामा भर्ना भएको जानकारी प्राप्त भयो उनका दाजुले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *