नगर अस्पतालका विषयमा विवाद हुँदा एक जानको मृत्यु

सर्लाहीमा नगर अस्पतालका विषयमा विवाद हुँदा एक जनाको गाेली लागि मृत्यु भएको छ।

बरहथवा नगरपालिका स्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।

शुक्रबार दिउँसो करिब २ बजेदेखि स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो।

‘झडप हुँदा एक जनाको मृत्यु भएको छ, शव स्थानीयकै नियन्त्रणमा छ,’ प्रजिअ धमलाले भने, ‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ।’

‘शव अहिले सम्म हाम्रो नियन्त्रणमा नरहेको र आन्दोलनकारीको नियन्त्रणमा सव रहेकोले के कसरी मृृत्युु भएको हो एकिन हुन नसकेको प्रजिअ बताउछन् साथै गोली चलाउने आदेश समेत मैले नदिएको बताएका छन्’ ।

अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीयले शुक्रबार नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीले रोकेको थियो। स्थानीयलाई प्रहरीले रोकेपछि झडप भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *