रुसी सेनामा भर्ना भएका एक नेपाली युवाको मृत्यु

काठमाडौं। रुसी सेनामा भर्ना भएका अर्का एक नेपाली युवाको मृत्यु भएको छ।

लमजुङ दूधपोखरी गाउँपालिका १ का ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो। उनको रुस(युक्रेन युद्धमा मृत्यु भएको खबर आएको वडाध्यक्ष दुर्गामान गुरुङले बताए।

गुरुङका अनुसार उनको मृत्युको खबर चार(पाँच दिनअघि आएको हो। वैदेशिक रोजगारीमै रहेका उनका भाइ कुमारले साजनको मृत्युको खबर पठाएका थिए।

गुरुङका अनुसार साजन चार महिनाअघि मात्रै रुसी सेनामा गएका थिए। साजनको मृत्युको खबर पाएपछि परिवारले काजकिरिया समेत गरेका छन्। पुस २९ गते नै परिवारले छोराको काजकिरिया सकेको वडाध्यक्ष गुरुङले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *