दुई यातायात ब्यबसायी बिच झडप, प्रशासन निरीह

सुर्खेत । शनिवार बिहान बिरेन्द्रनगर सुर्खेतले संचालनमा ल्याएको सिटि बसपार्क क्षेत्रमा भएको दुई यातायात व्यवसायीहरु बीचको झडप भएको थियो ।

‘भिजिट कर्णाली’ प्राली को टिकट काउण्टर बसपार्क बाहिर किन राखेको भनी सयुक्त यातायात एलाइन्स र भिजिट कर्णली यातायात प्राली बिच झडप भएको थियो ।

यस भन्दा पहिला दैलेखबाट संचालित दैलेख यातायात प्रालिका सवारी चालक माथी दुव्र्यवहार गर्नुको साथै बसपार्कमा सवारी साधन प्रबेशमा रोक समेत लगाएका थिय ।


कम्पनी एेन बमोजिम  दर्ता गरि स्वतन्त्र रुपमा ब्यबसाय संचालनमा ल्याउदा दर्जनौँ केटाहरु आई टिकट काउण्टर तोडफोट गर्नुको साथै आफ्ना कर्मचारीमाथि धारिलो हतियार प्रयोग गरी कुटपिट गरेको जानकारी गराउदा पनि प्रशासनले ती व्यक्तिहरुमाथि कारबाही नगरेको  अध्यक्ष शाहिले गुनासो गरेका छ्न । 
राज्य पक्षबाट स्वतन्त्र ब्यबसायीलाई सुरक्षाको प्रत्याभूति दिनु पर्ने नेपालको संविधानले मौलिक हक अन्तर्गतको अधिकार प्रदान भए पनि प्रशासन उत्तरदायी नभएको अधिकारकर्मि बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *