सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्रीको दाबी र समर्थनलाई लिएर केन्द्रीय सत्ता समीकरणसम्मै देखापरेको संकट तत्कालका लागि टरेको छ ।
एकीकृत समाजवादी (एस)ले मुख्यमन्त्री नपाए केन्द्रीय सत्ता समीकरणबाटै बाहिरिनेसम्मको चेतावनी दिएपछि गठबन्धनमा संकट उत्पन्न भएको थियो ।
हिजो सत्ता गठबन्धनका मुख्य घटक एमाले–माओवादीले मुख्यमन्त्रीको उम्मेदवारमा नागरिक उन्मुक्ति पार्टिको (रञ्जिता श्रेष्ठ) पक्षका कैलाश चौधरीलाई समर्थन गर्ने भनेपछि नेकपा एस बाहिरिएको थियो ।
सोहि दिन सत्ता गठबन्धनको प्रमुख प्रतिपक्ष दल कांग्रेस, र एस सहितको समर्थनमा उन्मुक्ति पार्टिकै अर्का उम्मेदवार लक्ष्मणकिशोर चौधरी (रेशम चौधरी) उम्मेद्धार बनाइ पछि केन्द्रीय गठबन्धनमा तरंग पैदा गरेको थियो ।
सत्ता समीकरणबाट एस बाहिरिए लुम्बिनी, वाग्मती र मधेश प्रदेशमा त्यसको प्रत्यक्ष असर पर्ने र दीर्घकालीन रुपमा संघीय प्रधामन्त्री पुष्पकमल दाहाललाइ समेत असर पर्ने भएकोले एसलाई मुख्य मन्त्रि दिने निष्कर्ष सत्ता गठबन्धनले निकालेको छ ।
दहालले एसका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग छलफल गरी समाधानको पहल गरे । प्रधानमन्त्री दाहालले मंगलबार बिहान अध्यक्ष नेपाललाई फोन गरी मुख्यमन्त्री दिने प्रतिबद्धता जनाएपछि समाधान निकालिएको हो