राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास कार्यक्रम कार्यन्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत १२०,०००। घुस रकम सहित अख्तियारले पक्राउ गरेको छ ।
व्यवस्थापन अधिकृत प्रभात पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय, नेपालञ्जबाट खटिई गएको टोलीले अधिकृत पाललाई सेवाग्राहीबाट रु.१,२०,०००।–घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
उनको साथबाट श्रोत नखुलेको रु १,००५। समेत जफत गरी जम्मा रु।१,२१,००५। सहित जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ बाट ०८१।०१।०५ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रबक्ता नरहरी घिमिरेले प्रेश बिज्ञप्तीमार्फत जानकारी गरेका छन् ।