दैलेख : दैलेखको गुराँस गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक’ गरेको छ।
१२ औँ गाउँ सभाको पहिलो बैठकमा शुक्रबार गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
पालिकाको प्रत्येक वार्डमा एक उधोग, गाउँ गाउँमा सहकारी र घर घरमा रोजगारी, कृषकसङ्ग अध्यक्ष, गुराँसमा लगानी हुनेछ आम्दानी’ भन्ने नारासहित गुराँस लगानी सम्मेलन आयोजना, ‘रैथाने बाली लगाऔ, हाम्रो भविष्य जोगाऔँ’ भन्ने कार्यक्रम अन्तरगर्त रैथाने बाली लगाउन प्रोत्साहन गरि कृषि उपजको बजारीकरण र संरक्षण गर्न रैथाने बाली बिउ बैंक स्थापना गर्ने लगायतको नीति गाउँपालिका अध्यक्ष बिसिले सार्बजनिक गरेको छन ।
गाउँपालिका भित्र रहेका सम्भावित पर्यटकीय गन्तव्य स्थलहरुको पहिचान, विकास, प्रचारप्रसार गरी आन्तरिक तथा बाह्रय पर्यटन हब बनाउने अध्यक्ष बिसीले बताए।