उपप्रमुख तप्ता थापा र कर्मचारी बिच चर्काचर्कि

दैलेख भादाै ०७ ।नारायण नगर पालिका दैलेखकमा भेटनरी तर्फका करार कर्मचारी नियुक्त र सेवासुबिधाको बिषयमा उप प्रमुख तप्ता थापा र भेटनरी सेवा कर्मचारी प्रतिमा खड्का बिच चर्का चर्कि भएको हाे ।

भेटनरी तर्फका करार कर्मचारी प्रतिमा खड्का, पुजा मल्ल र आकास थापाको करार म्याद र सेवा सुबिधामा बिभेद भएको भनि उप प्रमुख थापसंँग खड्काले गुनासो गर्ने क्रममा बिवाद भएको हो ।

“गुनासो गर्ने क्रममा सेवा सुबिधा (उप प्रमुखको छोरा आकास थापा) थापा र खड्काको सेवा सुबिधामा बिभेद किन भएको हो भनि उप प्रमुखसँग प्रश्न गर्दा कार्यकक्षमै झडप भएको हो” प्रत्यक्ष दर्शि ९ नं. वार्ड अध्यक्ष महेन्द्र बिक्रम खड्काले बताएका छन् ।

यस बिषयमा कर्मचारी खड्कासँग बुझ्दा “उप प्रमुखले मलाई कार्य कक्षमा बोलाई बिभिन्न बिषयमा सोधपुछ गरेको र उक्त सेवा सुबिधाको बिषयमा किन बाहिर भन्दै हिडेको भनि हप्काउदा मैले कहि कतै नभनेकाे जानकारी गरे र तपाईको छोरा र हाम्रो सेवा र तह एउटै हुँदा हुँदै पनि पारिश्रमिकमा किन असमानता गरेको भनि प्रश्न गर्दा एक्कासी अपमानजनक भाषा प्रयोग गरेकोले बिवाद भएको हो” पिडित कर्मचारी खड्काले सुशासनखबरलाई जानकारी दिइन ।

यसै बिषयमा प्रमुख प्रशासकिय अधिकृत रेशम बुढालाई बुझ्दा “यस बिषयमा सेवा सुबिधाको लागि बिवाद भएको भन्ने खवर पाएको र अन्य बिषयमा कुनै जानकारी नभएको” बताए ।

हालको अवस्थालाई हेर्ने हो भने नारायण नगर पालिका दैलेखमा जनप्रतिनिधीको परिवार भित्रका र आफन्तहरुमात्र कर्मचारी हुन पाउने गरि ब्यबस्था मिलाई रहेको पाइएको छ भने यस्तै बिक्रितीका कारण यस भन्दा अगागि कार्यरत प्रमुख प्रशासकिय अधिकृत दिपक आचार्यले वार्ड नंं. ६ का वार्ड अध्यक्ष जनक न्यौपानेले आफ्नै श्रीमतीलाई निमय बिपरित करार नियुक्ति गरेको र बिभिन्न बिद्यालयमा नगर प्रमुख समेतले नियम बिपरित शिक्षक नियुक्ति गरेकोले कारबाही गरि पाउ भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चिठ्ठी नै लेखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555