सुर्खेत। सत्ता साझेदार दलहरुको बीचमा सहमति नहुँदै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनका लागि प्रदेशसभामा पत्र पठाएका छन्।
यहि चैत २० गते विश्वासको मत लिने भन्दै उनले प्रदेशसभामा पत्र पठाएका छन् । सत्ता साझेदार माओवादी ,एमाले र एकिकृत समाजबादी बीचमा ठोस सहमति नहुँदै कांग्रेसले सत्ता छाडेको महिना दिन पुग्न लागेको हुँदा संबिधानतः बिश्वासको मत लिन लागेको शर्माले बताए ।
कर्णालीको मुख्यमन्त्रीमा माओवादी र एमाले दुबैको दाबी कार्यमै रहेता पनि केन्द्रिय सत्ता समिकरण अनुसार गठबंदन दलहरुले प्रदेश सरकार गठनमा ढिला सुस्ती गरेकोले शर्माले पुःन बिश्वासको मत लिन लाग्नु भएको हो ।
माओबादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालि बहादुर मल्लले कर्णाली माओबादी केन्द्रको आधार भएकोले पहिलो चरणमै एमालेलाई मुख्य मन्त्रि दिन नसकिने भनाई छ ।
एमालेका साथीहरुले पहिला पनि विश्वासको मत दिनुभएको हो, अहिले पनि सोही आधारमा तिनै मन्त्रालय लिएर जाँदा राम्रो हुने हो, उनले भने।