कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन हुने, तीन नयाँ अनुहार

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन हुने भएको हो ।

सहमतिअनुसार ओली पक्षका मन्त्रीहरूलाई आउट गर्दै मुख्यमन्त्री शाहीले नेपाल पक्षका तीन जनालाई मन्त्रिपरिषद्‌मा भित्र्याउने तयारी गरेका छन् ।

नेपाल समूहबाट चन्द्रबहादुर शाही, करवीर शाही र अमरबहादुर थापालाई मन्त्री बनाउने चर्चा छ । यीमध्ये चन्द्रबहादुर शाहीलाई तत्काल नै भौतिक पूर्वाधार तथा योजनामन्त्रीमा नियुक्त गर्ने स्रोतको दाबी छ । बाँकीचाहिँ केही दिनभित्र नियुक्त हुने स्रोतले जानकारी दियो ।

मन्त्रिपरिषद्‌बाट आउट हुनेमा यमलाल कँडेल समूहका सामाजिक विकासमन्त्री दल रावल र पर्यटनमन्त्री नन्दसिंह बुढा छन् ।

आइतबार १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा नेकपाभित्रको विवाद उत्कर्षमा छ । मुख्यमन्त्री शाहीले नेपाल पक्षलाई साथमा लिएर अगाडि बढ्ने गोप्य सहमति गरेका छन् । सहमतिअनुसार नेपाल पक्षले मन्त्री, उपसभामुख र सचेतक पाउने भएको छ ।

त्यस्तै, शाहीले आज नै सचेतकमा नेपाल पक्षका कुर्मराज शाहीलाई नियुक्त गरेका छन् ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555