शसस्त्र प्रहरी बल आश्रति गुल्म दैलेखका जवानहरु बर्षाको समयमा पनि पालमा बस्न बध्य भएका छन । २०७५ सालमा दैलेखमा स्थापना भएको गुल्म तत्कालिन जिल्ला शिक्षा कार्यालय दैलेख अन्तरगत अगुवा श्रोत केन्द्रको भवनमा बस्दै गरेका छ। श्रोत केन्द्रको भवनमा ४ कोठा मात्र भएकोले गुल्म स्तरको कार्यरत जनशक्तिलाई ब्यारेकको अभाब भएको छ । जनताको सुरक्षा तथा शान्ति सुब्यस्था कायम गर्न रात दिन डिउटिमा खटिने कर्मचारीलाई सुबिधा सम्पन्न आवासको ब्यवस्थापन हुनु पर्नेमा सो नभै बर्षातको समयमा पनि चुहिने पाल मुनि कष्टकर रात बिताउन बाध्य भएका छन । राज्यका सबै अङ्गहरुमा सरकारको नजर समान नहुनुले राज्यप्रती राष्ट्रसेवक कर्मचारी पनि जिम्मेवार नहुने बिज्ञहरु बताउछ्न । जिल्लाको शान्ति सुरक्षा ब्यबस्था कायमका लागि जिल्लामा आश्रति गुल्म स्थापना भए पनि सर्बप्रथम गुल्मलाइ चाहिने न्युनतम मापदण्ड पूरा हुन पर्छ तर दैलेखमा सशस्त्र प्रहरीको आफ्नै जग्गा तथा भवन नभएकोले अस्थायी पालमा पनि लामो समयसम्म बसि शान्ति सुब्यस्था कायम गरेको नारायण नगरपालिका वार्ड न १ का अध्यक्ष तिर्थ नारायण श्रेष्ठले सुशासन खबरलाइ जानकारी दिए।
सम्बन्धित खबरहरु..
कोरना संक्रमणका कारण काङ्ग्रेस पुर्ब सभापतिको निधन
दैलेख ः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपाली काँग्रेस दैलेखका नेता जगतजंग थापाको निधन […]
शंकर पोखरेललाई मसँग चुनाब लड्नुस् ः चौधरी
- शुसासन खबर
- २०७८ मंसिर १८, १२:०८
- 0
१७ मंसिर, बुटवल । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले नेकपा एमालेका महासचिव शंकर […]
एक हप्ते रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता
- शुसासन खबर
- २०८० श्रावण १५, २०:५७
- 0
दैलेख – जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख केशवबहादुर शाहीले आमसञ्चार माध्यमहरुले सामाजिक न्यायको लागि मिडियाको […]