पर्यटन बोर्डको सिइओद्वारा भन्सारका कर्मचारी माथी हातपात

सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनन्जय रेग्मीलाई तीन दिने लिखित स्पष्टीकरण माग गरेको छ ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सीईओ रेग्मीलाई मन्त्रालयमा बोलाएर शनिबार भन्सारका कर्मचारीसँग भएको विवादका सम्बन्धमा मौखिक जानकारी लिएका थिए । तर मौखिक जानकारीले सन्तुष्ट नभएपछि उनलाई नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले लिखित स्पष्टिकरण माग गरेका छन् ।

शनिबार लण्डनबाट काठमाडौं आउने क्रममा भन्सार विभागका कर्मचारीसँगको विवादमा मुछिएका सीईओ रेग्मीको बचाउमा बोर्डले विज्ञप्ति जारी गर्दै सामान्य घटनालाई उचालेर ठूलो बनाइएको भन्दै आपत्ति जनाएको छ । कर्मचारीसँग भएको सामान्य भनाभनलाई हात हालेको भन्दै उचालिएको र सीईओले मादक पदार्थ सेवन गरेको विषय समेत झुट रहेको बोर्डको दावी छ ।आजको कारोबार दैनिकमा समाचार छ ।Ourturisim news

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555