प्रहरीको अवकास पछी कृषी पेशामा लागें ः एसएसपी जोशी

जीवनको ३० वर्ष नेपाल प्रहरीमा बिताएका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक ५८ वर्षीय मोहनराज जोशीले बाँकी जीवन व्यावसायिक माछापालन सहितको कृषि कर्ममा लगाएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–१९ आईगाउँस्थित पुरैनामा कृषि कर्ममा जमेर लागेका छन् उनी । छोरा दिनेश जोशीसँगै उनी कृषि कर्ममा कम्मर कसेर लागेका हुन् ।

पूर्व एसएसपी जोशीले भने, ‘खासगरी छोराले कृषि फर्म शुरू गरौं भनेपछि शुरू गरेका हौं । मेरो पनि मन परेको व्यवसाय हो । हामी बुवाछोरा मात्रै होइन, हाम्रो पूरै परिवार नै यसमा लागेको छ । अवकाशपछिको मेरो बाँकी जीवन अब किसानी हो ।’ उनी कृषि कर्मलाई सन्तुष्टिको व्यवसाय बताउँछन् । जीवनमा निकै उतारचढाव सहन गरेका उनी कृषि क्षेत्रलाई फस्टाउन नसकेको तर सम्भावनाको क्षेत्र ठान्छन् र सन्तुष्ट छन् ।

ऊर्जावान समय प्रहरी सेवामै खर्चिएका उनको ३० वर्ष निकै नै संघर्ष र चुनौतीमय थियो । कैलाली जिल्लाको प्रहरी प्रमुखसहित विभिन्न जिल्लाको कमाण्ड सम्हालेका उनी विद्रोही, निडर तथा खरो स्वभावका प्रहरी अधिकारी थिए । त्यसैकारण सबैको आँखाको कसिंगर बन्न पुग्थे उनी र संगठन भित्रको बेथितिको शिकार हुन पुग्थे ।

जन्मथलो बैतडीमा शिक्षण पेशाबाट आफ्नो जागिरे जीवन शुरू गरेका जोशी शिक्षण पेशा छाडेर ज्यालादारी रूपमा कर्मचारी सञ्चय कोष काठमाडौंमा जागिर खान पुगे । त्यहाँ काममा सुनिश्चित नभएपछि उनी काठमाडौंकै त्रिपुरेश्वरमा भेटनरी जेटीएको जागिर खान पुगे । ‘कामसँगै जनकपुरमा आईस्सी एजी पढ्न गएँ । ६ महिना पढिसकेपछि त्रिभुवन विश्वविद्यालयको परीक्षामा पास भएँ । ५ वर्ष त्यसैमा कार्यरत रहें । त्यसैक्रममा २७ महिना कञ्चनपुरको बेलौरी र गड्डाचौकीमा पनि कार्यरत थिएँ,’ उनी सम्झिन्छन् ।

२०४३ सालताका स्नातक उत्तीर्ण भएपछि प्रहरी निरीक्षकको पदमा भर्ना खुलेपछि उनी तयारीमा थाले । उनले भने, ‘भेटनरी जेटीएमै कार्यरत रहँदा इन्सपेक्टरको तयारीमा जुटें । बिहान–बिहान दौड्न शुरू गरें । शारीरिक अभ्यास गरिरहँदा साथीहरूले सोध्दा जागिरको तयारी नभई शारीरिक तन्दुरुस्तीको लागि अभ्यास गरिरहेको बताउँथें । पछि नाम निस्किसकेपछि मात्रै सबैकुरा बताएको थिएँ ।’ जाेशीले बताए ।

 

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555