एकिकृत सरकारी कर्मचारी संगठन नेपाल दर्ता

निजामती सेवाका कर्मचारीहरूले नयाँ कर्मचारी संगठन दर्ता गरेका छन् । बुधबार श्रम विभागमा ‘एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल’ दर्ता भएको छ।

तदर्थ समितिका संयोजक मोहन घिमिरेको नेतृत्वमा १४ हजार ७ सय ५३ कर्मचारीको हस्ताक्षर सहित बुधबार संगठन दर्ता भएको छ । निजामती सेवामा नयाँ संगठन दर्ता गर्न ५ हजार हस्ताक्षर चाहिने प्रावधान निजामती सेवा नियमावलीमा भएको ब्यबस्था बमोजिम एकिकृत सरकारी कर्मचारी संगठन नेपालको दर्ता भएको हो ।

“संगठनले जिल्ला र विभागीय गरी ४७ वटा कार्यसमिति गठन गरेको छ । नेपाल निजामती कर्मचारी संगठन पुनर्गठन गरी नयाँ संगठन बनाइएको”  संयोजक घिमिरेले बताए ।

“अन्य कर्मचारी संगठनहरुले निजामति सेवा अन्तर्गतका कर्मचारीलाई मात्र संगठनको सदस्यता प्रदान गर्ने प्राबधान रहेता पनि एकिकृत सरकारी कर्मचारी संगठनले नेपाल सरकार अन्तर्गत रहेका सेना प्रहरी बाहेक अन्य सम्पुर्ण सेवामा कार्यरत कर्मचारीहरु सदस्य हुन पाउने ब्यबस्था रहेको छ । त्यसैले बिभिन्न सेवा समुहका सरकारी कर्मचारीहरुको आफ्नै संगठन भएकोले एकिकृत सरकारी कर्मचारी संगठन नेपाल दर्ता गरेका हौ” सचिवालय सदस्य दिनेश लम्सालले सुशासन खबरलाई जानकारी दिए ।

“नेपाल निजामति कर्मचारी संगठनमा बढ्दो गुडबन्दी र दलिय कार्यकर्ताको रुपमा पदाधिकारी लगायत सदस्यहरु परिचालन भएकोले उक्त संगठनलाई पुनर्गठन गरेको” सचिवालय सदस्य कलम खत्रीले बताए ।

 

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555