शिक्षक शाहले शिक्षणनै नगरी लिन्छन तलब भत्ता

दैलेख नारायण नगर पालिकाको शिक्षा इकाइ प्रमुखको रुपमा शिक्षक रहेको छन्। बिगत ४ बर्ष देखी नारायण शिक्षा इकाई प्रमुखको रुपमा शिक्षक हिमालय जंग शाह कार्यरत रहेका छन् ।

शिक्षा नियमावली २०२८ बमोजिम शिक्षकलाई इकाई प्रमुख बनाउने कुनै प्राबधान नभए पनि नारायण नगर पालिककाले हाल सम्म पनि शिक्षक शाहलाई इकाई प्रमुखको रुपमा राखेको छ ।

शिक्षक शाह नारायण नगर पालिकाको शिक्षा शाखामा आउनु भन्दा पहिला श्री सरस्वती माध्यमिक बिद्यालय तरताङ दैलेखमा प्रधानाध्यपकको रुपमा कार्यरत थिए ।

नारायण शिक्षा इकाई प्रमुख शिक्षा प्राबिधिक कर्मचारी हुनु पर्नेमा उक्त कर्मचारी नगरपालिकाले माग नै नगरी शिक्षकलाई प्राबिधिक कर्मचारीको रुपमा काममा लगाई पटक–पटक बिवादमा पारिएको छ । उनले आर्थिक बर्ष २०७७।०७८ मा नगर क्षेत्र भित्र रहेका सम्पुर्ण बिद्यालयका प्रधानाध्यापकहरुलाई भेला जम्म गराई निश्चित सप्लायर्सबाट सेनिटर प्याड खरिद गर्न लगाई आर्थिक अपचलन गरि बिवादमा समेत परेका थिए ।

यति मात्र नभई शिक्षक शाह इकाइमा कार्यरत रहेको ३ बर्ष सम्म पनि त्रिभुवन माध्यमिक बिद्यालयको ब्यबस्थापन समिति गठन गर्न समेत सकेका थिएनन् । शाहले नसकेको समिति गठन गर्ने काम शिक्षा प्राबिधिक कर्मचारी इकाइमा हाजिर भएको एक महिनामै गठन भएको थियो ।

नगर शिक्षा इकाइमा शाखा अधिकृत तहको प्राबिधिक कर्मचारी हाजिर भैसक्दा पनि शिक्षक शाह आफ्नो दरबन्दीमा हाजिर हुन नगई कर्मचारीकै रुपमा गतिबिधी चलाई रहेको पाईएको छ ।

शिक्षा नियमावली २०५९ बमोजिम शिक्षकले आफ्नो दरबन्दीमा हाजिर नभएमा तलब भत्ता समेत नपाउने ब्यबस्था भए पनि शाहले ४ बर्ष देखी बिद्यालयमा हाजिर नै नभई तलब भत्ता लिएका छन् ।

यस बिषयमा नारायण नगर पालिका दैलेखका प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर मल्लसँग बुझ्दा  “निजले यस आर्थिक बर्षसम्म मात्र शिक्षा इकाइमा काम गर्न दिइने छ र अर्को आर्थिक बर्ष पछि बिद्यालयमा नै सेवा गर्ने छन्”  भनि सुशासन खबरलाई जानकारी दिएका छन् ।

यसै बिषयमा शिक्षा इकाईका बिद्यालय निरिक्षक पुर्ण प्रसाद उपाध्ययलाई बुझ्दा “शिक्षा ऐन र  नियमावलीमा शिक्षकलाई कुनै पनि अधिकार नभएको र उनलाई यस शिक्षा इकाई प्रमुखको जिम्मेवारी नदिनु पर्ने हो” भनि सुशासन कर्मिलाई जानकारी दिएका छन् ।

“उनको काम पठन पाठन गर्ने भएकोले उनले ४–४ बर्ष सम्म शिक्षण क्रियाकलामा संलग्न नभएकोले उनले अवोप्रान्त बिद्यालयमा गई शिक्षण गर्दा प्रभाबकारी नहुने”  एक जानकारले गुनासो गरेका छन् ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555