ओरालीबजारमा प्रदर्शन गर्ने माथी गोली चलाउने आदेशै छैन ः गृह मन्त्री खाण

बर्दिया —बर्दियाको मधुवन–२ अाेराली बजारमा समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन माग गर्दै सडक अवरोध गरेर प्रदर्शनमा उत्रिएका सर्वसाधारण र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सडक खुलाउन लाग्दा भएको झडपमा गोली लागेर घाइते मधुवन–२ की १८ वर्षीया नवीना चौधरीको मृत्यु भएको छ भने काखीमुनि गोली लागेका राकेश चौधरीको उपचार भइरहेको छ ।

समस्या ग्रस्त बाघलाई नियन्त्रणमा लिन पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएपछि स्थानीय बासिन्दाहरु सडकमा उत्रिएका बाध्य भएका थिए । प्रहरीले सडकमा प्रदर्शन नगर्न आग्रह गरे पनि प्रदर्शनकारी सोमबार बिहानैदेखि सडकमा मोर्चा कसेर बसेका थिए ।

डिभिजन बन कार्यालय प्रमुख र प्रमुख जिल्ला अधिकारीले लिखितरुपमै प्रतिबद्धता नजनाएसम्म सडक जाम नखोल्ने भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।

उक्त भिडभाडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले आबश्यक बल प्रयोग गर्ने बेलामा गाली समेत चलाएको प्रजिअ बन्धुप्रसाद बाँस्तोलाले बताएका थिए ।

सोही बिषयमा गृह मन्त्री बालकृष्ण खाणले बर्दियामा गाली चलाएको बिषयमा आफुलाई कुनै जानकारी समेत नदिएको र गोली चलाउने आदेश समेत नभएको म‌गलबार प्रतिनिधी सभा बैठकमा बोलेका छन ।

“नागरिकहरूको यस्तो अवरोध, भीडमा गोली चलाउने आदेश छँदै छैन । म यो रोस्ट्रमबाट भन्न चाहन्छु नेपाल सरकार गृह मन्त्रालयको निर्देशन सम्झाइ बुझाइ गर्ने, बरु सर्वपक्षीय सर्वदलीय बैठक गरेर समस्या समाधान गर्ने र कमभन्दा कम शक्ति प्रयोग गर्ने भन्ने हो । गोली प्रहार गर्ने त आदेशै छैन ।”

“गोली नै चलाउनुपर्ने अवस्था थिएन”,स्थानीयवासी बिनाेद चाैधरीले भने, “प्रहरीको ज्यादती भयो । वन्यजन्तु पीडितमाथि प्रहरीले थप पीडा थपेको छ ।”

 

 

 

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555