नामै उल्लेख नगरेर स्टाटस लेख्दा सशस्त्र प्रहरीका जिम्मेवार पद (डिआइजी) मा कार्यरत रहेका व्यक्तिले आफ्नो पदको मर्यादाको कुनै ख्याल नै नगरी धम्किपुर्ण कमेन्ट लेखेका छ्न ।
फोटो पत्रकार महासङ कर्णाली प्रदेश कमिटिका अध्यक्ष समेत रहेका पत्रकार गोबिन्द केसिले आफ्नो फेसबुक वालमा दैलेख जिल्ला प्रतिको माया र सम्मान नगर्ने ब्यक्ती कसरी जिल्ला बासी हुन सक्छ्न ? भन्ने सन्देस दिएको स्टाटसमा शसस्त्र प्रहरिका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अबि खत्रीले पदिय दम्भका आधारमा म डिआइजीलाइ हो लेखेको यो काे खाते हो ? केही नाप्न नसक्ने, ढोके, जस्ता अमर्यादित शब्दको प्रयोग गरि कमेन्ट गरेका छन ।
पत्रकार महासंघ दैलेख शाखाले यस बिषयमा सामाजिक संजालमा कोही कसैको नाम नै उल्लेख नगरी एक पत्रकारले लेखेको स्टाटसमा शसस्त्र प्रहरीको जिम्मेवार ब्यक्तिले जथाभाबि कमेन्ट लेखेको हुँदा सम्बन्धित पक्षको ध्यानाकर्षणका लागि प्रेस बिज्ञप्ती जारी गरेको छ ।
सामाजिक संजालमा पदको दम्भ झल्को देखिने खालको “ खाते”, “ढोके” जस्ता उपमा दिई पत्रकार केसिलाइ गाली गरेकोले नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड्युनियनका केन्द्रीय सदस्य सुशील केसिले दैलेखको नाम रोसन गरेका मान्छे बिचको लफडाले चित्त दुखेको छ भनी ब्याङ्ग्य गरेका छ्न । त्यस्तै अन्यले पनि चर्को आलोचना गरेको पाइएको छ । यस बिषयमा डिआइजी खत्रीलाइ बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।