दैलेख ४ । जिल्लामा उपभोक्ताको माग बमोजिमको पेट्रोलियम पदार्थको आपुर्ति नहुँदा बिकास निर्माणका कामकाजमा असर पर्नुकाे साथै उपभाेक्ताहरु मारमा परेका छन् ।
“जिल्ला सदरमुकाममा रहेको पम्पमा पेट्रोल आपुर्ति नहुँदा जिल्लाका अन्य पालिकाको सदरमुकाम बजारमा पेट्रोल पाइएको हुँदा जिल्लाको पम्पमा किन अनुगमन भएन ? किन मौन छ प्रशासन ” भनि सामाजिक सञ्जालमा टिका टिप्पणी हुँदा प्रशासन कार्यालय दैलेखले अनुगमन तिब्र बनाएको छ ।
अनुगमनको क्रममा जिल्ला सदरमुकाममा रहेको पेट्रोल पम्प लगायत स्थानिय बजारमा अनुगमन गर्दा डुङ्गेश्वर गाउपािलका चुप्रा बजार र माथिल्लो डुङ्गेश्वर बजरमा पेट्रोल फेला पारी बिक्रि बितरणमा रोक लगाइएकाे छ ।
“जिल्लामा नेपाल आयल निगमबाट अनुमति प्राप्त तीन वटा पेट्रोल पम्प मात्र भएको र अन्य कुनै पनि फर्म तथा निकायले अनुमति प्राप्त नगरेको हुँदा गैह्र कानुनी ढंगबाट पेट्रोलियम पदार्थको बिक्रि बितरण गर्न नपाइने हुँदा खुद्रा बिक्रि बितरणमा रोक लगाएका हौ ” निरीक्षण अधिकृत गणेश कोइरालाले बताए ।
“यति मात्र होइन जिल्ला बाहिरबाट आयात हुने पेट्रोलियम पदार्थको ढुवानी गर्दा मापदण्ड को अधिनमा रहि ट्याङकरमा बाहेक अन्य जुनसुकै सवारी साधनमा ढृवानी गर्न समेत नपाइने भएकोले अन्य सवारी साधनले पेट्रालियम पदार्थको ढुवानी गरेमा कानुन बमोमिज कारबाही हुने” समते अधिकृत कोइरालाले बताएका छन् ।
सोहि बिषयमा स्थानिय बजारमा बिक्रि बितरण गर्दा स्थानिय उपभोक्ताहरुलाई सहज हुदैन र ? भन्ने प्रश्नमा “पेट्रोलियम पदार्थको बिक्रि बितरण गर्न निश्चित मापदण्ड पुरा गरी आयल निगमबाट अनुमति लिइ बिक्रि बितरण गर्न पाइने कानुनी ब्यबस्था भएकोले कानुन बिपरित मापदण्ड नै पुरा नगरी बिक्रि बितरण गर्न पाइन्न त्यसैले बन्द गराएका हौ, मापदण्ड पुरा गरी अनुमति इजाजत लिइ आएमा बिक्रि बितरण गर्न कसैले रोक्दैन अधिकृत कोइरालाले बताए ।
“ जिल्ला सदरमुकाममा दुइवटा र कर्णाली राजमार्गमा एउटा मात्र पेट्रोल पम्प रहेको र अन्य स्थानमा पम्प नहुँदा उपभोक्ता मर्कामा परेको छन् । जिल्लामा रहेका ११ वटा पालिकाबाट पम्प सम्मको दुरी औषतमा १० किलोमिटर टाढा रहेकोले सवारी साधनमा पेट्रोलियम पदार्थ हाल्न जादा र आउदा समेत खर्च हुने हुँदा प्रत्यक्षरुपमा उपभोक्ताहरु मारमा परि रहेको” उपभोक्ताहरुले गुनोसो गरेका छन् ।