एकीकृत कर्मचारी संगठनको राष्ट्रिय अधिबेशनबाट अध्यक्षमा बिष्ट निर्वाचित

एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको अध्यक्षमा गगनसिंह विष्ट चयन भएका छन् । नेकपा एकीकृत समाजवादी निकट कर्मचारी संगठनको प्रथम राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा विष्ट सहितका १५० जनाको कार्यसमिति सर्वसहमत चयन भएको हो ।

सृजनशील प्रशासन–समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यही फागुन २६ र २७ गते सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनले विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संगठनको १५० सदस्यीय नयाँ कार्यसमिति बनेको छ ।

अध्यक्षमा बिष्ट,सह अध्यक्षमा शरण कुमार गुरुङ लगायत बरिष्ठ उपाध्यक्ष १ नं.मा याम बहादुर खत्री र २ नं. मा चेतनाथ न्यौपाने, खुल्ला उपाध्यक्षमा दिनेश लम्साल, महिला उपाध्यक्ष लगायत सातै वटा प्रदेशका प्रदेश उपाध्यक्ष पनि भेलाले चयन गरेको छ ।

आदिवासी जनजाती,श्रेणीविहिन,पिछडिएको क्षेत्र,अस्थायी करार,प्रदेश र स्थानीय तह उपाध्यक्षको व्यवस्था समेत सो संगठनले गरेको छ । संगठनका उपाध्यक्षको संख्या १९ जना बनाइएको छ । यस्तै महासचिवमा प्रकाश राई चयन भएका छन् भने अन्य ३ जना उपमहासचिव,१७ सचिव सहित ८५ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555