नेपाल एयरलाइनलाई हङकङ उडानमा प्रतिबन्ध

काठमाडौं। नेपाल एयरलाइन्सलाइ हङकङले अन्तिम तेस्रो पटकका लागि १४ दिन उडानमा प्रतिबन्ध लगाएको छ । नेपालबाट पिसिआर गरेर गएका यात्रुको त्यहाँ पुनः परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएका कारण निगमको उडानमा प्रतिबन्ध लगाएको हो ।

नेपालबाट जाने यात्रुहरुलाई पिसिआर परिक्षणको भरपर्दो प्रयोगशामा परिक्षण नगरी सरकारी मान्यता प्राप्त प्रयोगशालामा गरेका रिपोर्टहरु पनि हङकङमा पुन परिक्षण गराउदा पोजेटिभ भएकाले नेपाल एअरलाइन्सको उडानमा प्रतिबन्ध लगाएकोले अवका उडानमा जाने यात्रुहरुले सरकारी प्रयोगशालाबाट पिसिआर परीक्षण गराएको रिपोर्टलाई मात्र मान्यता दिने निर्णय भएको निगमको प्रबक्ता करिष्मा श्रेष्ठले सुशासन खबरलाई बताइन।

सरकारी मान्यता प्राप्त प्रयोगशालाबाट ७२ घण्टा भित्र प्राप्त रिपोर्टको आधारमा यात्रा गराउदा समेत यात्रुहरुको पिसिआर रिपोर्ट पुनः पोजेटिभ देखिएकोले चिन्ता व्यक्त गर्दै निगमले अर्को व्यवस्था नभएसम्मका लागि हङकङ उडानमा सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको हो ।
निगमको महत्वपूर्ण गन्तब्य हङकङ उडानमा केही यात्रुमा बारम्बार कोरोना पोजेटिभ देखिएपछि त्यहाँको नागरिक उड्डयनले उडान प्रतिबन्ध लगाइरहेको छ ।
निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार हङकङले अन्य मुलुकको उडान पनि प्रतिबन्ध गरेको अवस्थामा नेपाल एयरलाईन्सलाई तेश्रो पटक १४ दिनकोलागि प्रतिबन्ध लगाएको छ ।

हङकङको नागरिक उड्डयनले एयर ईन्डियालाई चार पटक, भिस्तारा एयरलाई तेश्रो पटक, क्याथे ड्रागनलाई ९मलेशियाबाट० ईमिरेट्स ९दुबई० सिंगापुर एयरलाईन्स २ पटक लगायत अन्य केही एयरलाईन्सलाई समेत एक–एक पटक गरि उडान प्रतिबन्ध लगाईरहेको पनि उनले उल्लेख गरे ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555