हामी विद्रोह मात्रै गर्दैनौँ, शान्तीका दूत पनि हौँ : विप्लव

नेत्रविक्रम चन्द ‘विप्लव’ तीन वर्षपछि पहिलोपटक सार्वजनिक भएका छन् । सरकारसँग विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने लगायतका तीन बुँदे सहमति भएपछि उनी सार्वजनिक कार्यक्रममा पहिलोपटक देखिएका हुन् । यसअघि उनी हिजाे बिहान अनौपचारिक रुपमा नवलपरासीबाट सार्वजनिक भएका थिए ।

सरकार र विप्लव समूहबीच बिहीबार भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न हिजाे काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहित विप्लव सार्वजनिक भएका छन् । बुधबार र बिहीबार ६ चरणमा भएको वार्तापछि भूमिगत नेकपा महासचिव विप्लव सार्वजनिक भएका हुन् । उनीसँगै जेल र हिरासतबाट छुटेका नेता कार्यकर्ता पनि राष्ट्रियसभा गृहमा सार्वजनिक भएका छन् ।

विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा बोल्दै नेकपाका महासचिव विप्लवले जुन र घामको भेट कहिल्यै भेट नहुने बताएका थिए । विप्लवले “आफूहरुले विद्रोह मात्रै नभएर शान्तिको दूत पनि भएको” बताएका छन् । सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षरपछि बोल्दै चन्दले यस्तो बताएका हुन् ।

“डेढ सय भन्दा बढी कमरेड जेलमा हुनुहुन्छ । केही कमरेड छुटिरहनुभएको छ । नेकपा र सरकारले आफ्नो जिम्मेवारी गरेको महसुस भएको छ,” उनले भने, ‘समाजमा धेरै थरी मान्छे छन् । एकथरी शोषक छन्, उर्को उत्पीडनमा छन् । केही थरी मान्छे बोल्न सक्दैनन् । आफ्नो देशमाथि हस्तक्षेप गरेको विषयमा कम्युनिष्टहरू विद्रोह गर्छन् । हामी विद्रोह गरेर आएका हौँ । हामी विद्रोह गर्छौं । हामी विद्रोह मात्रै गर्दैनौँ, शान्तीका दूत पनि छौँ ।”

साेत कान्तिपथ

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555