सेवा सुबिधामा समान माग सहित नेपाल प्रहरीकाे तर्फबाट सर्वाेच्वमा रिट दायर

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेवा सुविधामा विभेद भएको भन्दै सर्वोच्च अदालतमा समान सेवा सुबिधा हुन पर्ने माग सहित रिट परेको छ। नेपाल प्रहरीबाट हालै अवकाश प्राप्त एसएसपी गणेश रेग्मीले नेपाल प्रहरीको भन्दा सशस्त्र प्रहरीको सेवा सुविधा र स्तर वृद्धिमा असमान रहेको दावी सहित प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

दायर भएको रिटको आदेशको पर्खाइमा रहेका प्रहरी कर्मचारीहरुको मनोबललाई उच्च बनायको एक प्रहरी कर्मचारी बताउछन् । यसले नेपाल प्रहरीमा कार्यरत सम्पुर्ण कर्मचारीको हितमा रहेकोले सर्बच्वोले दायर भएको रिटको सुनवाई गरी कानुनी उपचारको बाटो देखाउने सुरक्षा बिद्हरु बताउछन् । सशस्त्र प्रहरी र नेपाल प्रहरी बिच भएको भेदभाबले बिभिन्न काम कारबाहीमा प्रहरी कर्मचारीलाई उदाशिनता बनाएकोले भने मुताबिकको सफल्ता हासिल गर्न नसकेको पनि बताउछन् सुरक्षा बिदहरु ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको काम फरक फरक प्रकृतिको भएपनि सशस्त्र प्रहरीलाई बढी सेवा सुविधा रहेको जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेको नेपाल प्रहरीलाई भने स्तरवृद्धि सेवा सुविधा भने निकै कम रहेकाले सेवा सुविधा तथा स्तरवृद्धि समान बनाउन सरकारसँग माग गरिएको छ।

प्रहरी नियमावलीमा व्यवस्था नभएको, सशस्त्र प्रहरी नियमावली, २०७२ नियम ५७ मा सो व्यवस्था रहेको भन्दै समान बनाउन रिटमा माग गरेका छन्। त्यस्तै अनिवार्य अवकाश लिने वेलामा स्वतः पदोन्नति पाउन नेपाल प्रहरीमा १२ वर्ष पुरा गरेको हुनुपर्छ तर सशस्त्रमा ५ वर्ष पुगेपछि मात्र स्वतः बढुवा हुने प्रावधान रहेको प्रहरी नियमावली २०७१ नियम १२९,२ र सशस्त्र प्रहरी नियमावली २०७२ नियम ५२,१ लाई कोट गर्दै रिटमा दायर गरिएको अधिवक्ता रेग्मीले बताए।

नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक सइ दर्जा सम्मले मात्र अनिवार्य अवकाश लिने वेलाको स्वतः पदोन्नति पाउँछन्। तर सशस्त्रमा प्रहरीमा अन्य दर्जाले पनि स्वतः पदोन्नती पाउने भएकाले नेपाल प्रहरीमा कार्यरत रहेकाले पनि स्वतः बढुवा हुनुपर्ने माग गरिएको छ। त्यसैगरी नेपाल प्रहरी कर्मचारीका १८ वर्ष सम्मका मात्र सन्ततीले सन्ततीबृत्ती पाउँछन् भने सशस्त्रमा २१ वर्ष सम्मकाले त्यसमा पनि समान नियम बनाउन माग गरिएको छ।

नेपाल प्रहरीमा ३० वर्ष सेवा अवधि पुगेको कर्मचारीले अवकाश लिए पश्चात औषधि उपचार खर्च पाँउदा आँफूले पाउने जम्मा औषधि उपचार रकमको १० प्रतिशत थप रकम पाउँछ तर सोही अवस्थामा सशस्त्र प्रहरीले भने २० प्रतिशत थप रकम पाउँने व्यवस्था रहेको छ। अधिवक्ता समेत रहेका पुर्व एस एस पी रेग्मीले नेपाल प्रहरी र सशस्त्र प्रहरी धेरै कुरामा असमान रहेको जनाउदै सेवा सुविधा र स्तरवृद्धिमा समान बनाउन माग सहित रिट दिएका छन्।

 

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555