काठमाडौं। कोरोनाभाइरसको महामारीमा बिदेशी सहयोगी दाताहरु तथा नेपाली नियोगहरुले नेपाललाई विभिन्न प्रकारका सहयोग गरीररहेका छन।
कोभिडका नाममा प्राप्त हुने राहत सहयोगलाई व्यवस्थित गर्न सरकारले अपनाएको एकद्वार प्रणाली सम्बन्धी निर्देशिका कार्यान्वयनमा कडाइ नहुँदा राहतको वितरणमा समेत समस्या र दुरुपयोग देखिएको छ।
दोस्रो लहरबाट नराम्रो सँग प्रभावित बनेको नेपाललाई महामारी विरुद्ध जुध्न आवश्यक पर्ने सामग्रीहरु, उपकरण तथा औषधि बिभिन्न सहयोगी दाताहरुले सहयोग गरि रहेका छन्।
संकटमा पाएको सहयोगको दुरुपयोग बढ्न थालेको छ। पहुँचको आधारमा कुनै प्रक्रिया र मापदण्ड नबनाई मनलाग्दी वितरण गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध बढेको छ।
सोही कारण हामीले देखेका छौँ आजभोली अक्सिजनका सिलिण्डर सरकार भन्दा धेरै समाजसेवी, नेता, सांसद, मन्त्रीहरुले बाँड्ने प्रचलन बडेको छ।
‘हामीले रुखहरुलाई अक्सिजन दिन्छौं र रुखले कार्बन्डाइडअक्साइड लिन्छ’ भन्ने वाक्यका कारण विवादमा परेका वन मन्त्री प्रेमबहादुर आले अहिले पुनः विवादमा तानिएका छन्।
उनी विवादमा तानिनुको कारण हो, चिनबाट सहयोग स्वरुप आएको अक्सिजन सिलिण्डरमा आफ्रनो फोटो सहित नामको स्टिकर टाँसी लोकप्रियताको लागि प्रचार गर्नु रहेको छ।
यस्तै स्वास्थ्य सामग्री कब्जा गरी वितरण गर्ने उनी एक्ला पावरवाला होइनन् जस मध्ये वैशाख २९ गते निर्वतमान उर्जामन्त्री टोप बहादुर रायमाझीले १८ थान अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री आफ्नो गृह जिल्ला अर्घाखाँची पठाए। गत जेठ २ गते एमाले सांसद गंगा चौधरीको घरमा लुकाई राखेको अवस्थामा ६ थान अक्सिजन सिलिण्डर भेटिए भने दैलखबाट समानुपातिक सांसद बनेकी पार्वती विसुंकेले पनि गाडी भरेर स्वास्थ्य सामग्रि लिएको फोटो सामाजिक सञ्जालमा राख्न समेत भ्याइन भने एमाले सांसद शान्ता चौधरी २० ओटा अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री सहित गृह जिल्ला दाङ पुगिन्।
यी केही उदाहरण मात्र हुन जसले मन्त्री र सांसदहरु शक्ति र पहुँचको आधारमा आफ्ना क्षेत्र र जिल्लाामा बजेट र स्वास्थ्य सामग्री पुर्याउने होडबाजी देखाइरहेका छ । जबकि अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री वितरणको जिम्मा मन्त्रिपरिषदले निर्णय गरी स्वास्थ्य मन्त्रालयलाई दिएको छ।
मन्त्री र सांसद आफैं अक्सिजन सिलिण्डर कब्जा गरेर आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा पुर्याउने प्रतिस्पर्धामा छन्। यति मात्रै होइन उनीहरुले सामाजिक सञ्जालमा मेरो पहलमा यति भयो भनेर स्टाटस लेखेको देखिन्छ।