काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लार क्रस गरेर सरकारलाई विश्वासको मत दिने चार एमाले सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै चार संसदलाई मिति २०७८/०२/०९ गते बर्खास्त गर्न एमालेले प्रदेश सभालाई पत्र लेखेपछि उनीहरु पदमुक्त भएका थिए ।
एमालेको माधव नेपाल पक्षधर सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सांसदमा पुनर्वहाली भएका हुन् ।