पुर्बाधार बिकास कार्यालय दैलेखको बा.२ ब ६४९९ नं.को डिस्कभर मोटरसाइकलको दुरुपयोग भएको छ ।
आइतबार साँझ ६ः३० बजेको समयमा काडाचौरमा हेल्मेट बिनै सवारी सिक्नमा प्रयोग भएको थियो । सरकारले जनताबाट उठेको करबाट सवारी साधन किनेर जनताको काममा प्रयोग गर्ने उद्देश्यले सवारी साधन कर्मचारीलाई प्रदान गरेको हो ।
सो प्रयोजन नभई त्यस्ता कयौ सवारी साधनहरुको दुरुपयोग भएका छन् । यो एउटा प्रतिनिधीमुलक घटना मात्र हो । यस्तै सरकारी नम्बर प्लेटनै नराखी सवारी चलाएका छन् ।
यस बिषयमा जिल्ला ट्रफिक कार्यालय दैलेखका प्रमुखले “हामीले त्यस्ता सवारी साधनलाई नियमनको लागि आग्रह गर्दा समेत अटेर गरिरहेका छन्” सुशासन खबरसँग गुनासो गरे ।
बिभिन्न पालिकाका जनप्रतिनिधीहरुले समेत सरकारी सवारी साधन प्रयोग गरे पनि उक्त सवारी साधनमा सरकारी नम्बर प्लेटनै नराखि प्रयोग भईरहेको एक जानकारले बताउछन् । सो बिषयमा पुर्बाधार बिकास कार्यालयका प्रमुख बालदिप शर्माले “उक्त बिषयमा कुनै जानकारी नभएकोले कस्ले यस्तो गरेको हो अव उप्रान्त नगर्न निर्देशन दिने बताए ” ।