कर्णाली प्रदेश भौतिक पुर्बाधार मन्त्री अम्मर बहादुर थापा बिदाको समय पारी आफ्नो मन्त्रालय अन्तर्गत सुर्खेतको सिम्ता गाउ पालिकामा बनेको भौतिक संरचनाको अनुगमन गरेका छन् ।
यसै गरि बिदाको दिन पारी कर्णाली प्रदेशको सुर्खेत र दैलेखका लगायत अन्य जिल्लाहरुमा आफ्नो मन्त्रालय मातहतका कार्यालयबाट निर्माण भएका बिभिन्न भौतिक संरचनाको अनुगमन गर्ने गरेका छन ।
यस अघि मन्त्रि थापा सुर्खेतको चौकुने गाउ पालिका अन्तर्गत रेक्चामा गई आफ्नो लोक प्रियता बटुले थिए ।
त्यस्तै साउन १६ गते सनिबार सिम्ता गाउ पालिकामा पुगी उपभोक्त लगायत बिभिन्न सरोकारवाला निकायहरुसँग बसी आबश्यक भौतिक संरचनाका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
यस अघि कुनै पनि मन्त्रि जनता स्तरमा गई जनताको समस्या बुझ्ने भेटघाट समेत नगरेको ले यस गाउ पालिकामा भौतिक पुर्बाधार मन्त्रि आउदा हामी स्थानिय बासिन्दाहरु खुसी भएको एक स्थानियले बताए ।
उक्त भेटघाट कार्यक्रममा मन्त्रि थापाले बोल्ने क्रममा “आफ्नो समकक्ष साथी ऋषी शर्मालाई सम्झदै निजको जन्मथलोमा आई साथी ऋषी को सपना साकार गर्न कुनैै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गदै स्वर्गिय ऋषी प्रति गहिरो श्रदान्जली ब्यक्त गरेका थिए ।”