ओलीको व्यस्त सेड्युलः शीर्ष नेताहरुदेखि मन्त्रीसँग छुट्टाछुट्टै भेटघाट

स्थायी कमिटी बैठकको अघिल्लो दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुसँगकाे भेटलाइ तिव्रता दिएका छन् ।

       पार्टी भित्र देखिएको संकट समाधानमा गम्भिर देखिएको ओलीले विहान पार्टीका अर्का अध्यक्ष दाहालसँगै अन्य नेता तथा मन्त्रीहरुसँग पनि भेट गरेका छन् । शीर्ष तहमा देखिएको अविश्वासको अन्त्य गर्दै विवाद समाधानका लागि ओलीले गम्भिरतापूर्वक चासो देखाएका हुन् ।

आइतबार स्थायी कमिटी बैठक बोलाइएको छ । बैठकअघि ओली र प्रचण्डबीच सवा घण्टा भेटवार्ता भएको छ । प्रधानमन्त्री भएपछि पहिलो पटक प्रचण्ड निवास खुमलटार पुगेको ओली र प्रचण्डबीच करिब ४५ मिनेट वान टु वान वार्ता गरेका थिए । करिब ११ः ५० मा पार्टीका उपाध्यक्ष पनि खुमलटार पुगेपछि ओली—प्रचण्ड—गौतमबीच वर्ता सुरु भयो त्यस लगत्तै वरिष्ठ नेता माधव कुमार नेपाल पनि खुमलटार पुगेका थिए । तर नेपाल पुगेको केही समयपछि नै ओली त्यहाँबाट बाहिरिएर गृहमन्त्रीको क्वाटरमा पुगे ।

         प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई भेटे लगत्तै गृहमन्त्री रामबहादुर थापा बादल निवास पुल्चोकमा पुगेर भेटवार्ता गरेका छन् । पुल्चोकमा गृहमन्त्री बादलसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङपनि सहभागी थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीसँग बादलको क्वाटरमै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्याल, कानुनमन्त्री शिवमाया तुम्वाहाङ्फेले पनि भेट गरेका छन् ।

                   प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको लिखित आरोप प्रत्यारोपको कारणले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । यहीबीच प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाको विवाद बढिरहेको छ । भोली स्थायी कमिटी बैठक डाँकिएको छ ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555