दैलेख : दैलेखमा होन्डा सोरुम सञ्चालनमा आएको छ । जिल्ला सदरमुकामस्थित जनता आधारभुत विद्यालय अगाडी सोरुम सञ्चालनमा ल्याईएको हो । होन्डा ब्राण्डको मोटरसाइकलको सोरुम बिहीजार नारायण नगरपालिकाका उपमेयर सावित्री मल्लले रिबन काटेर उद्घाटन गरेकी छन् ।
उक्त ब्रान्डको आधिकारिक बिक्रेता डाँफे अटो पार्टस एण्ड सप्लायर्सले पाएको छ । सोरुम उद्घाटन कार्यक्रममा सोरुम संचालक राजु खड्काले होन्डा ब्रान्डको मोटरसाइकल जापनीज प्रविधीबाट बनेकोले भरपर्दो र माइलेज पनि बढी दिने तथा अति कम्फर्टेवल र मुल्य पनि कम रहेकोले अन्य मोटरसाईकलको तुलनामा राम्रो रहेको बताएका छन् ।
उनले यो मोटरसाइकल खरिदमा बैकल्पिक सामान मध्ये लेगगार्ड र हेलमेट एक हप्ता सम्म निःशुल्क दिइने समेत समेत घोषणा गरेका थिए । उद्घाटन कार्यक्रममा दैलेख उद्योग बाणिज्य संघको महासचिब राजेश कुमार हमाल, बिभिन्न स्थानीय तहका जनप्रतिनीधि लगायत सदरमुकामस्थित व्यवसायिहरु सहभागि थिए ।