दैलेख । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादि) को दैलेख जिल्ला सचिवालय बैठक भएको छ । उक्त सचिवालय बैठकको अध्यक्षता पार्टी अध्यक्ष बरुनाथ योगिको रहेको थियो ।
बैठकमा एस पार्टीको कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य टेकबहादुर खाण प्रमुख अतिथी तथा कर्णाली प्रदेश कमिटी सदस्य एवम अम्मर बहादुर थापाको बिशेष अतिथ्य्तता रहेको थियो ।
उक्त बैठकमा नबगठित जिल्ला कमिटी सदस्यहरूलाई पार्टीको बिधानको दफा ५६ बमोजिम पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम थियो । नेकपा (एस) पार्टी जिल्ला कमिटि २८५ सदस्यीय जिल्ला कमिटी रहेको पार्टी सचिब मान बहादुर खड्काले सुशासन खबर लाई जानकारी दिनु भयो ।
बैठकमा प्रदेश सदस्य तथा कर्णाली प्रदेश सरकारका भौतिक मन्त्री थापाले “तत्कालीन एमालेको अध्यक्ष केपि ओलीले आफ्नो नेतृत्वमा गठन भएको मन्त्रीपरिषदले पटक पटक संविधान बिपरित प्रतिनिधि सभाको विघटन गर्नुको साथै पार्टीको बिधान बिपरित कार्य गर्ने लगायत पार्टी बिभाजनको क्रियाकलाप, केन्द्रिय पार्टी कमिटीको बैठक नबसाली आफ्नो गुट तथा निकटका ब्यक्तिहरुलाइ मात्र बोलाइ भेला गर्ने, पार्टी कमिटीमा आफ्ना निकटकालाई केन्द्रिय कमिटी सदस्य बनाइ पार्टी बिभाजन तर्फ धकलेकोले बिद्रोह बाट स्थापना भएको पार्टी हो । गलत प्रवृतीका झुन्डहरु एमालेमा रहेको र हाम्रो एकीकृत समाजबादी पार्टीमा नैतिकता, इमान्दारी , असल प्रवृत्ति भएको पार्टी भएकोले एक मनका साथ पार्टीको बिधान अनुरुप काम गर्न” निर्देशन दिएका थिय ।